प्रेस चाैतारी राैतहटकाे कार्यसमितिकाे बैठक सम्पन्न

पछिल्लाे समाचार


राैतहट,फाल्गुन ०८ गते
प्रेस चाैतारी राैतहटकाे कार्यसमितिकाे बैठक सम्पन्न भएकाे छ । आज आईतवार प्रेस चौतारीकाे पहिलाे कार्यसमिती बैठक बसेकाे थियाे । मौलापुरमा रहेकाे मौलापुर पिकनिक पार्कमा साे बैठक सु-सम्पन्न भएको चाैतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भएको हाे । जिल्ला अध्यक्ष उतम उपाध्यायकाे अध्यक्षतामा बैठक बसेकाे थियाे । बैठकमा प्रदेश तथा केन्द्रीय पार्षद मनोनित,
जिल्ला सदस्य मनोनित,सदस्यता शुल्क,बैंक खाता संचालन गर्ने सहित बिबिध बिषयमा छलफल भएको थियाे । बैठकले विभिन्न प्रकारका निर्णयहरु गरेको छ । बैठकले केन्द्रिय पार्षदमा संजय मिश्रा,अशोक पहाडी ,शैलेन्द्र झा
प्रदेश पार्षदमा फणि देव महत,रामपुकार राउत,गौतम श्रेष्ठ
,बिना राउत श्रीवास्तव,बिजय पटेल लाई पठाउने निर्णाय गरेकाे सचिव साहले जानकारी गराउनु भयाे । बैठकमा जिल्ला अध्यक्ष उपाध्याय सँगै उपाध्यक्ष नन्दभूषण श्रीवास्तव,बिना राउत,राजकुमार यादव,दिपेन्द्र रजक, पत्रकार शैलेन्द्र झा,स्मिथ रजक,सुनिल रजक,कमल यादव सहितका चाैतारीका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । बैठक बाट मौलापुरमा रहेको रास्ट्रीय बाणिज्य बैंकको माथिल्लो तल्लामा यस संगठनको तत्कालका लागि कार्यालय संचालन गरिने समेत निर्णय भएको छ । आजको बैठकले जिल्ला कमिटीमा श्रीकान्त यादव ,प्रेम यादव, अखिलेश यादव,दिपेन्द्र बैठा, राजन कुमार श्रीवास्तवलाई
मनोनित गरेकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!