राजपुर नगरपालिकाको विभिन्न किशोरी सिकाई केन्द्रहरुको अनुगमन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


,रौतहट,फाल्गुन ०८ गते
रौतहट जिल्लाको राजपुर नगरपालिकामा किशोरी सिकाई केन्द्रको संयुक्त अनुगमन गरिएको छ । यूके एड को आर्थिक सहयोग र पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित राजपुर नगरपालिकाको विभिन्न किशोरी सिकाई केन्द्रहरुको अनुगमन गरिएको छ ।

राजपुरको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरुमा नगर प्रमुखको अध्यक्षतामा आइतबार संयुक्त अनुगमन सम्पन्न गरिएको छ । अनुगमनमा राजपुर नगरपालिकाका नगर प्रमुख मो.सकिल अख्तर, उपप्रमुख जफिरा खातुन,नि.प्रमुख प्रसकीय अधिकृत बैजु ठाकुर, बिभिन्न वडाका वडा अध्यक्ष,महिला तथा बालबालिका शाखा प्रमुख जुनैदा खातुन, शिक्षा संयोजक शेष एजाजुल हक खाँ,स्वास्थ्य शाखाको कहफुल,सामाजिक बिकास शाखाको हरिन्द्र साह त्यसै गरि आसमान नेपालका कार्य समितिको सदस्य रामप्रबेश राय यादव,कार्यक्रम संयोजक जमुना श्रेष्ठ,अनुगमन संयोजक बिन्दु गुरुङ,बाल संरक्षण अधिकृत सपना सेन्चुरी,लोजेस्टिक अधिकृत प्रविन जोशी,सामुदायिक संलागत अधिकृत अमिता यादव, शिक्षा अधिकृत अरविन्द कुमार साह लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

राजपुर नगरपालिकामा ४० वटा किशोरी सिकाई केन्द्र मार्फत ८९० जना किशोरीहरु सो किशोरी सिकाई केन्द्रमा अध्ययनरत रहेका छन् । जस मध्ये वडा नं ३,६,७ र ८ मा रहेको ८ वटा केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा किशोरीहरुको प्रगति बिवरण, सिकाई स्तर,केन्द्र व्यवस्थापन समिति, चेन्ज च्याम्पियन र अभिभावकको सहयोग तथा आएका समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

अनुगमन पश्चात समीक्षाको क्रममा शिक्षा संयोजक खाँले किशोरीहरुको भर्ना गराउने देखि लिएर पाउने सेवा सुबिधा समेतमा नगरपालिकाको सहयोग रहने बताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सबै किशोरीलाई नगर पालिकाबाट सेनीटरि पैड उपलब्ध गराउने,किशोरी सिकाइ केन्द्रलाइ आगामी दिनमा पनि नियमित गराउन नगरपालिकामा पहल गर्ने जानकारी गराउनुको साथै आसमान नेपाललाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!