रौतहटको बौधिमाई-८ सरमुजवाका नेपाली कांग्रेसका युवा नेता बिजय यादव जसपामा प्रवेश

पछिल्लाे समाचार


आरएन पटेल । फाल्गुन ७ गते
बौधिमाई-८ सरमुजवाका नेपाली कांग्रेसका युवा नेता बिजय यादव जसपामा प्रवेश गरेका हुन ।
नगरपालिकाको वडा नं. – ८ सरमुजवा निवासी नेपाली कांग्रेसका युवा नेता बिजय राय यादव आज एक कार्यक्रम आयोजन गरी बौधिमाई नपाको नगर प्रमुख युवा मेयर राजीव रंजन यादवद्वारा टिका माला लगाई जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका हुन ।
नगर प्रमुख यादवले वहालाई टिका माला लगाई स्वागतका साथ पार्टी प्रवेश गराएका छन । तपाईले सोचेका हरेक सपना पूरा होस , आउदो दिनहरुमा राजनीति कार्यकाल सफलताको साथ साथै पार्टिले उचित मुल्यांकन गरी स्थान दिने शुभकामना समेत दिइएका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बौधिमाई नपाका कार्यपालिका सदस्य सरमुजवा निवासी युवा नेता काशीराम पासवान, युवा नेता सिकिन्द्र यादव , तेजिलाल प्रसाद पटेल, प्रमोद यादव, सर्वसाधारण लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!