एमसीसी खारेजीको माग गर्दै रौतहटमा माओबादीको बिरोध प्रदर्शन

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


गरुडा,फाल्गुन १२ गते
रौतहटमा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन गरेका छन ।अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै वाईसिएल नेपाल रौतहट जिल्ला समन्वय र अनेरास्ववियु (क्रान्तिकारी)रौतहट जिल्ला समितिले जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरि भनि चिनिने गरुडामा बिहिबार बिरोध प्रदर्शन र खबरदारी सभा गरेको थियो ।

गरुडा नगरपालिकाको मेयर प्रत्याशी तथा मधेश प्रदेशको माओबादी केन्द्रको सदस्य सुरेन्द्र प्रसाद जैसवाल उर्फ बिपिन जैसवालको नेतृत्वमा तथा वाईसिएल नेपाल रौतहट जिल्ला समन्वय समिति र अनेरास्वबियु(क्रान्तिकारी) रौतहट जिल्ला समितिको आयोजनामा राष्ट्रघाती एमसिसि बिरुद्ध भब्य बिरोध प्रदर्शन गरिएको थियो ।सडकमा उत्रिएका बिरोध प्रर्दशनकारीले एमसिसि चाहिदैँन ,देश बेच्न पाईदैँन ,एमसिसि मुर्दाबाद ,वाईसियल नेपाल जिन्दावाद ,हामीसबै राष्ट्रप्रेमि एक हौउ लगायत बिभिन्न किसिमको बैनर तथा पम्पलेट लिएर जुलुस निकालिएको थियो ।

जिल्लाको धरोहरको रुपमा रहेको श्री राम सुगर मिल्स लिमिटेडको प्राङ्गण देखि निस्किएका बिरोध जुलुुस गरुडाको परिक्रमा गरि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट हुदैँ मेथुर चौधरी चौकमा आएर कोण सभामा परिणत भएको थियो ।कोण सभाको सम्बोधन गर्दै गरुडा नगरपालिकाको मेयर प्रत्याशी तथा मधेश प्रदेशको माओबादी केन्द्रको सदस्य बिपिन जैसवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा हामी प्रदर्शनमा उत्रिएका छौ ।यो राष्ट्रघाती एमसिसि हामीाई कहिलै पनि मान्य छैन यसले हाम्रो देशलाई गुलाम बनाउन खोज्दै छ ।

यो सरकारले बिदेशीसंग मिलेर हाम्रो देशलाई गुलाम बनाउन खोज्दै छ भनि आरोप समेत लगाएका थिए ।यथास्थितीमा एमसीसी पास गरियो भने यसले नेपाललाई द्वन्द्वको भूमरिमा लैजान्छ भने ।सोहि बिरोध प्रर्दशन कार्यक्रमको छोटकरिमा आफ्नो मन्तब्य राख्दै वाईसिएलको केन्द्रिय सदस्य रंजित कुश्वाहाले भने यो देश कहिले गुलाम नभएको देशलाई हालको सरकारले गुलाम बनाउन खोजीरहेका आरोप समेत लगाए ।हामी कुनै हालतमा लागु हुन दिदैनौ यदि लागु गर्न खोज्यो भने यो भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । एमसीसी नेपाल र नेपाली नागरिकका लागि घातक सावित हुने भएकाले यसलाई पास गर्न नहुने बताएका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा माओबादीका महिला नेतृ देवकी नेपाल ,गरुडा न।पाको माओबादी केन्द्रको अध्यक्ष शिवजी साह ,कटहरिया नगरपालिकाको वार्ड नं।७ को वडाअध्यक्षको भावी उम्मेदवार प्रहलाद साह लगायत सयकडौ नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!