रौतहटको मौलापुर मधानी महोत्सवमा सुपर स्टार खेसारीलाल यादव रानी चटर्जीलाइ हेर्न मानवसागर नै उर्लिए

रौतहट,फाल्गुन १७ गते
मौलापुर मधानी महोत्सवमा खेसारीलाल यादव र रानी चटर्जीको बेजोड प्रस्तुती देखाएका छन् ।
रौतहट जिल्लाको मौलापुर आयोजना भएको मधानी महोत्सवमा भोजपुरी सुपर स्टार कलाकार खेसारीलाल यादव रानी चटर्जीलाइ हेर्न मानवसागर नै उर्लिएको छ ।

भोजपुरी र नेपाली चलचित्र जगतका सुपरस्टार ‘महानायक’ राजेश हमाल पनि मौलापुरमा आयोजना भएकोे मधानी महायज्ञमा सहभागी भएका थिए । आज मंगलवार फागुन १७ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महोत्सवको उदघाटन समारोहमा नेपाली र भारतीय कलाकारहरु सहभागी भएका थिए ।
मधेशमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महोत्सवको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर पतौराको प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ ।

यस वर्ष शिवरात्रीको विशेष अवसरमा आयोजना भएकोे मधानी महायज्ञको उदघाटन पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता मौलापुर नगरप्रमुख रिना कुमारी साहले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख गौरीशंकर जयसवालले राख्नु भएको थियो ।

।महोत्सवमा नेकपा एमालेका स्थायी कमिटि सदस्य पूर्व मन्त्री प्रभु साह सहित नेपाली राजनितीका विशिष्ठ श्रेणीका राजनीतिक व्यक्तित्व सहभागी हुनुका साथै नेपाली तथा भारतीय चर्चित कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो । महोत्सवमा भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादव सँगै रानी चटर्जी नेपाली तथा भारतीय कलाकार सहभागी भएका थिए ।

झन्डै २ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो । लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन् गर्दा सुरुमा महादेव मन्दिर १३औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो । पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसँग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!