धर्मेन्द्र कुमार साह
२० फाल्गुन २०७८
तराई मधेशका जिल्लाहरुमा दाइजो प्राय अनिवार्य सर्त बन्दै गएको अवस्थामा रौतहटमा एक जना युवाले बिना दाइजो आदर्श बिबाह गरेको छ l पत्रकार एवं सामाजिक अभियन्ता समेत रहेका युवा चंचल झाले बिना दाइजो आदर्श विवाह गरेका हुन् l रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिका वार्ड नम्बर ३ मत्सरी निवासी पत्रकार चंचल झा गत माघ २७ गते बबाहिक जिवनमा प्रवेश गरेका हुन् l उनको बिहे पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वार्ड नम्बर १० निवासी काजल कुमारी ठाकुर संग भएको हो l
पत्रकार झा रौतहट जिल्लाको चर्चित सक्रिय युवा सामाजिक अभियन्ता हुन् l तराई÷मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने चलन सामान्यनै हो । सामान्य काराबार हुने मध्य वर्गीय परिवारको छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।तर आर्थिक र सामाजिक रुपले सबल रहेका मधेसका समाजिक अभियानता झा ले एक रुपैया पनि तिलक नलिइ उदाहरणिय बिबाह गरेका हुन ।”दाइजो प्रथाका बिरोधमा अभियान संचालन गर्ने तर आफ्नो बिबाहमै दाइजो लिएपछि नाटकको के काम ? ” उनले बताए l
उनले समाजको कुरीति बिरुद्ध सैद्धान्तिक छलफल भन्दा पनि कार्यनवनयनमा सबैलाई लाग्नु पर्नेमा जोड दिए l बेहुलाका बुबा नरनाथ झा भन्ने बिना दाइजो दुवै छोराको विवाह गर्दा खुशी लागेको बताउँछन् । उनले सुरुमा आफुलाई पनि अप्ठ्यारो लागेको भएपनि अहिले आएर गर्व लाग्ने गरेको बताए l