देवताल गाउँ पालिकामा वाडा न २ मा अध्यक्ष सिंह द्रारा मन्दिरको उद्घाटन सम्पन्न।

पछिल्लाे समाचार


अमरेस कुमार पाण्डे। फागुन २०
देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंहले भौतिक पुर्वाधारमा देवताल नमुना गाउँपालिका बनेको बताउनु भएको छ । देवताल गाउँपालिका वार्ड नं. २ बड़की झिटकैयामा नव निर्मित श्रीकट्टी माई मन्दिरको समुद्घघाटन गर्दै देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले यस्तो बताउनु भयो ।

बाराको १६ वटै स्थानीय तहमा गाउँपालिका मध्ये शिक्षा स्वास्थ ,भौतिक निर्माणमा देवतालको सम्पुर्ण वडामा भौतिक संरचनाहरु निर्माण गरिएको सिंहले बताए । देवताल गाउँपालिकामा बिकासको लहर गाउँपालिका प्रवेश गर्ने बितिक्कै देखन सकिने वहाले बताउनु भयो ।

भौतिक संरचना ,मठ मन्दिर , अस्पताल ,वडा कार्यलय ,प्रहरी चौकी निर्माण , बर्थिङ्ग सेन्टर , ज्येष्ठ नागरिकको यातायातको लागि सार्वजनिक बस सेवा लगायतको बिकास निर्माणकार्यहरु आफ्नो कार्यकालमा निर्माण भएको बताउनु भयो ।

मन्दिर उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह , गाँउपालिका उपाध्यक्ष रामपति देवी वार्ड नं.२ के वड़ा अध्यक्ष रमेश प्रसाद यादव , वार्ड न. ४वड़ा अध्यक्ष श्री मिश्रीलाल सहनी वार्ड नं.५ वड़ा अध्यक्ष लखविन्द्र प्रसाद यादव बुद्धिजीवी , समाजसेवी लगायत संचारक्रमिको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!