रौतहटमा रूपान्तरण जीवन उपयोगी सीप सम्बन्धी तालिम सम्पन्न


२० फाल्गुन २०७८

रौतहट । किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझोदार पनि हुन भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि रौतहटको चन्द्रपुरमा १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा ग्रामीण विकास केन्द्र नेपाल, रौतहटद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनाको आयोजनामा सञ्चालित तालिममा बोल्दै आयोजक संस्था ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले बालबालिका तथा किशोर किशोरीहरू भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार समेत भएकाले उनीहरूको विकासको लागि सबैले लाग्नु पर्ने बताए ।
यसै गरी वर्ल्ड भिजन इन्टरनेशनल नेपालका गोपाल प्रसाद चौधरीले किशोर किशोरीहरूको सशक्तीकरण आजको आवश्यकता भएकोले जीवन उपयोगी सीप सम्बन्धी तालिम आयोजना गरिएको बताए ।
गरुडा र माधव नारायण नगरपालिकाका १६ देखि २२ वर्षका २१ जना किशोर किशोरीहरूको सहभागिता रहेको ग्रामीण विकास केन्द नेपालका कार्यक्रम प्रबन्धक राजेश प्रसाद चौधरीले बताए । तालिमको सहजीकरण गल्र्स किक, टिमले गरेको थियो ।
उक्त तालिममा आफ्नोे जीवनलाई कसरी रूपान्तरण गरेर अगाडि बढ्ने भन्ने जीवन उपयोगी सीपको बारेमा सिकाइने प्रशिक्षकद्वय कुसुम के.सी. र विद्या विष्टले जानकारी दिए ।
तालिम पश्चात् सहभागीहरूले ओ समुदायमा गएर दौँतरी साथीहरूलाई कक्षा सञ्चालन गर्नेछन् भने यसका लागि दुबै पालिकासँग आवश्यक समन्वय समेत गरिएको कुरा कार्यक्रम प्रबन्धक चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!