मावि मर्यादपुरको भवन निर्माण बारे जनतालाइ भ्रमित गर्न खोजियो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रामप्रवेश बैठा,रौतहट,फागुण २० गते
मौलापुर नगरपालिकाको विकासलाइ हेरेर विपक्षीहरु आतिएको आरोप लगाइएको छ । केहि प्रतिक्रियावादी शक्तिहरुले गुणस्तरीय कामलाइ गुणस्तरहिन भनेर गलत प्रचारबाजी गर्न लागेको साहु कन्सट्रक्सनका सञ्चालक नागेन्द्र साहले आरोप लगाएका छन् ।
विकास भएको हेर्न नचाहने केहि विकास विरोधी तत्वहरुले जनतालाइ भ्रमित गर्न खोजेको आरोप लगाउनु भएको छ । आफू केहि गर्न नसक्ने विकास विरोधी तत्वहरुले तथानाम आरोप लगाइ काममा अवरोध सिर्जना गरेको उनले आरोप लगाए ।
रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा सरस्वती माध्यमिक विद्यायालयको भवन निर्माण गरिएको छ ।
मौलापुर नगरपालिकाको करोडौंको लागतमा मर्यादपुरमा सरस्वती माविको ८ कोठे दुई तले भवन निर्माण भएको छ ।
बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मौलापुर नगरपालिकाको २ करोड ५३ लाख रुपैयाको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
शुरुमा साहु कन्ट्रक्सन मौलापुरले विद्यालयको भौतिक संरचना निर्माण गर्ने ठेक्का पाएको थियो तर पछि कन्ट्रक्सनले पेटी ठेकेदार राजनारायण यादवलाई भवन निर्माण गर्ने जिम्मा दिएको थियो ।
झण्डै डेर वर्षपछि सो भवन निर्माण गरिएको साहु कन्ट्रक्सन मौलापुरका सञ्चालक नागेन्द्र साहले बताएका छन् ।
गाउँमा माध्यमिक विद्यालय नभएको कारण बालबालिकालाई कक्षा १० सम्मको अध्ययन अध्यापन गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
माविको अध्ययन पुरा गर्न अन्य गाउँको विद्यालय जानुपर्ने बाध्यातालाई अन्त्य गर्दै मौलापुर नगरपालिकाले मर्यादपुरमा कक्षा १० सम्म अध्ययन अध्यापन गर्न माध्यमिक विद्यालयको भवन निर्माण गरेको नगर प्रमुख रिना देवी साहले बताइन ।
निर्माण भएको विद्यालयको भवन अबको केही दिनमै उद्घाटन भई विधिवत रुपमा सञ्चालन हुने नगर प्रमुख साहले बताइन ।
मर्यादपुरमा मावि स्तरको पढाईको शुरुवात भएपछि त्यस भेगका घुसुकपुर, शितलपुर, बैरगनिया, टेङग्राहा लगाएत गाउँका बालबालिकालाई कक्षा १० सम्म अध्ययन अध्यापन गर्न सहज हुने भएको छ ।
विद्यालयको भौतिक संरचना निर्माण भएपछि अब आफनै गाउँ ठाउँमा माविको पढाई गर्न सक्ने भन्दै मर्यादपुर सहित त्यस भेगका बालबालिकाहरु निकै हर्षित समेत भएका छन् ।

यसैविच साहु कन्ट्रक्सनले गुणस्तरहीण काम गरेको भन्दै वडाध्यक्षका मानिसहरुले विरोध गरेका थिए । कन्ट्रक्सनले विद्यालय भवन निर्माणमा लापरवाही गरेकोले विद्यालयको संरचना उदघाटन नहुँदै प्लाष्टर चर्किन थालेको भन्दै उनीहरु विरोध गरेका थिए ।
चर्केको विद्यालय भवनको संरचना मर्मत सम्भार गर्न आफु तयार रहेकोले कसैलाई पनि कुनै प्रकारको विरोध वा अवरोध सृजना नगर्न निर्माणकर्ता साहु कन्ट्रक्सनका सञ्चालक नागेन्द्र साहले अनुरोध गरेका छन् ।
यस विषयमा पेटी ठेकेदार राजनारायण यादव सँग सोध्दा भवन निर्माणमा कुनै किसिमको कमी कमजोरी नरहेको बताए । यदि कुनै कमी कमजोरी भए आफू मर्मत सम्भार गर्न तयार रहेको यादवले बताए ।
मर्यापुरका पूर्व गाबिस अध्यक्ष नागेन्द्र यादवले बिधालय भवन निर्माणमा कुनै कमि कमजोरी नरहेको बताए । वडाध्यक्षले अनावश्यक रुपमा विकास निर्माणको काममा बाधा अवरोध गरेको उनले आरोप लगाए ।
स्थानिय रामसिंह यादवका अनुसार पूर्वाग्राही हिसाबले वडाध्यक्षका मान्छेहरुले अवरोध सिर्जना गरेका आरोप लगाए । दादागिरी शैलीमा काम गर्ने ठेकेदार,कामदारहरु लाइ डराउने धमक्याउने काम गरिरहेका आरोप लगाए ।
यादवले भने आफू केहि गर्न नसक्ने र अरुलाइ पनि केहि गर्न नदिने तत्वका कारण विधालयको भवन निर्माण भए पनि कहिले उदघाटन गरिने बारे अन्यौलता छाएको बताए ।
यस विषयमा सो वडाका वडाध्यक्ष रामप्रवेश यादव सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!