रौतहटको कटहरिया नगर प्रवक्ता कुशवाहाकाे अभियान सामुदायिक बिधालयहरूमा गरे अंग्रेजी माध्यमकाे सुरूआत

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,फाल्गुन २२ गते
सबै विद्यार्थीहरु र अभिभावकहरू लाई सामुदायिक बिद्यालय प्रति आकर्षण बढाउन कटहरिया वडा नम्बर ४ भित्रकाे सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पनि पढाई सुरु हुने भएको छ ।

वडा नम्बर ४ काे सामुदायिक बिधालयहरूमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन सहायताका लागि बिधार्थीहरूलाई शैक्षिक सामाग्री फर्निचर वितरण गरिएको छ । वडाकाे याेजना अन्तर्गत बेन्च,डेस्क,फर्निचर,कपि, अंग्रेजी माध्यमकाे पुस्तक,कटर,ईरेजर,पेन्टिङ सहितकाे शैक्षिक सामाग्री आज आईतवार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ काे करिब ६ लाखकाे वडा स्तरीय याेजना अन्तर्गत साे सामाग्रीहरू वितरण गरिएको हाे । साे वडा अन्तर्गत रहेको श्री दलित प्राथमिक बिधालय बलिरामपुर,श्री ज्ञान प्राथमिक बिधालय टाेलापुर,श्री आधारभूत बिधालय टाेलापुर बिधालयमा साे सामाग्रीहरू कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले हस्तान्तरण गर्नु भएको थियाे ।

आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने तयारी गरेका हुन् । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाई हुने भएपछि सरकारी बिधालयमा बिधार्थीकाे चाप बढ्ने भएको छ । नि:शुल्क रुपमा सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाई सुरु हुने भएपछि गुणस्तर बढेर भविष्यमा सरकारी सुविधा र सहुलियत पाईने आशा सहित साे वडाका विद्यार्थी र तीनका अभिभावकहरु पनि मख्ख भएका छन् । उनीहरु निजि विद्यालयबाट आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न उत्सुकता देखाएका छन् ।

धेरै अभिभावकहरुले सामुदायिक विद्यालयबाट पनि गुणस्तरीय शिक्षा पाउन सकिने अपेक्षा गरेका छन ।
झन बोर्डिङको भन्दा धेरै कम खर्चमा अंग्रेजी माध्यममा पढाई हुन थालेपछि अभिभावकको आकर्षण पनि बढने भएको छ ।
वडा अध्यक्ष चन्दन कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह रहनु भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि हुने उदेश्यका साथ सो समाग्री वितरण गरेको वडा अध्यक्ष कुशवाहाले बताउनु भयो । शैक्षिक गुणस्तर वृद्धि हुने उदेश्यका साथ सो समाग्री वितरण गरेको कुश्वाहाले बताउनु भयो ।

त्यस्तै वितरण कार्यक्रममा कटहरिया नपा वडा नं ४ का वडा अध्यक्ष कुशवाहाले भने वडा भरिका सम्पुर्ण बिधालयहरुलाई अग्रेँजी माध्यममा पठन पाठन गराउने वातावरण बनाउन कुनै कसर बाकि नराखिने बताउनु भयो ।
.
बितरण कार्यक्रम लाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका प्रमुख प्रसशकिय अधिकृत रामप्रकाश साहले गाउँको बिकास मात्र बजेटले हुन नसके भन्दै गाउँको समग्र बिकासका लागि शिक्षा नै जरुरी रहेकाे बताएका थिए । बिद्यार्थीहरुलाई बाल अवस्था देखि नै गुणस्तरिय शिक्षा प्राप्त भए पछि कुनै पनि देशमा पठन पाठन तथा कुनै कार्यमा जादा सफलता प्राप्त गर्ने बताउनु भयो ।

बिधालयको प्राङनहरुमा आयोजित सो कार्यक्रममा अतिथिहरु कटहरिया नपा वडा नं ४ अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहा , प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, योजना प्रमुख रामनरेश यादब ,शिक्षा संयोजक अनिल निधि ,प्रअ प्रभु महताे,प्रअ शंकर ,प्रअ श्याम यादव सहित बिधायालयका सम्पूर्ण शिक्षक बुद्धिजीवी लागायतका अभिभावकहरुहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!