चिकित्सकले स्टीच लगाउने क्रममा योनिद्धारमै सियो भाँचिएको घटना सार्वजनिक

पछिल्लाे समाचार

रौतहट, २३ फागुन । सुत्केरीको व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा पुगेकी एक महिलालाई मिनि भ्याकुम (इपी रिटर) को माध्यमबाट सकुशल नवजात शिशुको जन्म दिएपछि चिकित्सकले स्टीच लगाउने क्रममा योनिद्धारमै सियो भाँचिएको घटना सार्वजनिक भएको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ पिपरा निवासी जितेन्द्र महतोको १९ बर्षिया श्रीमती अम्बिका महतोलाई आईतवार राति सुत्केरीको व्यथा लागेपछि सरकारी अस्पतालमा उनको अभिभावकहरु लगेका थिए ।

पहिलो सुत्केरी भएको हुँदा नबजात शिशु बाहिर निस्किदा मुख च्यातिएको थियो । चिकित्सक संजितकुमार साहले मिनी भ्याकुम अर्थात ब्लेडले मुखलाई काटेपछि नवजात छोरीको जन्म दिइन् ।
ब्लेडले काटेको मुखलाई टेक्नीकल भाषामा योनिद्धारलाई (इपी रिटार स्टीच) सिउने क्रममा धागो सहितको सियो त्यसैमा चुडिएको थियो । सियो चुडिदा आवश्यक उपकरणको अभावमा प्राथमिक स्वास्थय केन्द्रमा झिक्न नसक्दा असाध्यै पिडाबाट छटपटिरहेको महिलालाई एम्बुलेसन्सबाट सोमवार विहान ६ बजेको समयमा चन्द्रपुर अस्पताल पुर्याए ।

चन्द्रपुर अस्पतालको प्रमुख डा. सुभाष चौधरीले योनीद्धारमा चुडिएको सियोलाई सकुशल बाहिर निकाले पछि सुत्करी महिला महतो अहिले राम्रो अवस्थामा रहेको उनले भने । नबजात शिशुको टाउको ठूलो भएको हुँदा बाहिर निस्कदा महिला असाध्यै पिडा खेप्नु पर्यो, त्यसमा पनि योनीद्धारमा सियोको कारण पिडा हुनु स्वभाविकै भएको उनले भने ।

त्यसमा चिकित्सकको कुनै गल्ती नभएको र कहिलेकाँही प्राविधिक कठिनाईको कारण सामान्य त्रुटीलाई अनावश्यक रुपमा व्याख्या गर्दा नराम्रो असर पर्ने गरेको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेकोे चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरले जनाएको छ । स्रोत तराई टप

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!