वडा अध्यक्ष शेख नुरुल्लाहले मेयर धर्मेन्द्र पटेल आफुमाथी लगाएको आरोप झुठा रहेको दावी

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौहटको देवाही गोनाही नगरपालिका १ करुनियाका वडा अध्यक्ष शेख नुरुल्लाह होदाले मेयर धर्मेन्द्र पटेल आफुमाथी लगाएको आरोप निराधार, कपोकल्पित, भ्रामक एवं झुठा रहेको दावी गरेका छन् ।

केही दिन अघि मात्र देवाहीका नगर प्रमुख पटेल सहित ४ जना एक उपभोक्ता समितिसँग ५ लाख रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंंगालको टोलीले गत आइतबार २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक गरी ५ लाख रुपैया घुस लिरहेको अवस्थामा मेयर पटेललाई उनकै कार्यकक्षबाट रङ्गेहात समातेको थियो ।

उक्त घुस रकम सहित पक्राउ परेका मेयर धर्मेन्द्र पटेल, योजना शाखा प्रमुख मुकेश पटेल, सह लेखापाल प्रदिप यादव र मेयरका सहयोगी अशोक पटेल अहिले काठमाडौं स्थित अख्तियारको नियन्त्रणमा रहेको छ । अख्तियारले उनिहरुलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको छ ।अख्तियारद्धारा पक्राउ परेका मेयर धर्मेन्द्र पटेल सहित उनका समर्थहरुले वडा नं. १ का वडा अध्यक्ष शेख नुरुल्लाहले सडयन्त्र गरी मेयर पटेललाई फसाएको आरोप लगाइरहेका छन् ।

वडा अध्यक्ष नुरुल्लाहले आफना छोरीको विहेमा नगर प्रमुख पटेलसँग ५ लाख रुपैया साप्टी लिएको र त्यही साप्टी रुपैया दिन जाँदा अख्तियारलाई बोलाएर घुस लिएको भनी आरोप लगाई मेयर पटेललाई फसाएको आरोप वडा अध्यक्ष नुरुल्लाहमाथी लागेको छ । आफुमाथी साप्टी पैसा लिएको आरोप लागेपछि वडा अध्यक्ष नुरुल्लाहले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर पटेलसँग आफु एक रुपैया पनि साप्टी नलिएको दावी गरेका छन् ।

फस्ने डरले आफुलाई बलजबरजस्ती निर्दोष सावित गर्न मेयर पटेलले आफुमाथी निराधार आरोप लगाएको उनले प्रष्ट पारेका छन् ।वडा नं. १ को वडा कार्यालय भवन निर्माणका लागि नगरबाट २० लाख रुपैया बजेट विनियोजित भएको थियो । सो २० लाख रुपैयाको भवन निर्माण कार्य सम्पन्न भएपछि उक्त योजना वापत उपभोक्ता समितिसँग मेयर पटेलले ५ लाख रुपैया कमिश्न मागेको वडा अध्यक्ष नुरुल्लाहको दावी छ । उपभोक्ता समितिसँग कमिश्न नलिन आफुले मेयर पटेललाई पटक पटक आग्रह गर्दा पनि नमानेको उनले बताए ।

उनका अनुसार कमिश्न पनि लिने र कसैलाई थाहा पनि हुन नदिन मेयर पटेलले आफना सहयोगी अशोक पटेलको नाममा चेक काटन लगाएको थियो । सोही कमिश्न वापतको रकम दिन जाँदा उनलाई अख्तियारको टोलीले समातेको उनले बताए । वडा नं. ६ का वडा अध्यक्ष अनिल कुमार झाले विकास निर्माणको नाममा मेयर धर्मेन्द्र पटेलले नगरपालिकामा ब्रहमलुट मच्चाएको आरोप लगाएका छन ।
विभिन्न योजना सञ्चालनको नाममा पटेलले करोडौं भ्रष्टाचार गरी अकुत सम्पती आर्जन गरेको वडा अध्यक्ष झाले बताए । करोडौं भ्रष्टाचार गरी अकुत सम्पती जोडन सफल मेयर पटेललाई निष्पक्ष रुपमा छानविन गरी कार्यवाहीको दायरामा ल्याउन उनले अख्तियारसँग अनुरोध गरे ।

योजना सञ्चालन वापत मेयर पटेलले उपभोक्ता समितिसँग खुल्याम घुस मागेको कारण अख्तियारद्धारा पक्राउ परेको उनले बताए । यस्ता भ्रष्टाचारीलाई हदैसम्मको कार्यवाही नगरेसम्म गाउँ, समाज र नगरमा विकास हुन नसक्ने भन्दै झाले भ्रष्टाचारीलाई अख्तियारले कसैको दबाव वा प्रभावमा नपरी निष्पक्ष छानविन गरी कार्यवाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे । अख्तियारले भ्रष्ट मेयरलाई कार्यवाही नगरे बाध्यभएर आफुहरु आन्दोलनमा उत्रिन तयार रहेको उनले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!