रौतहट २४ फाल्गुण । नेपाली काग्रेस रौतहटको १४ औे अधिबेशनबाट सुनिल यादब ( जीतेन्द्र ) सभापतिमा निर्बाचित भएका छन । श्री जुध्द माध्यमिक बिद्यालय गौरमा भएको मतदानको परिणाम अनुसार ३ सय मतान्तरले सुनिल यादब बिजयी भएका हुन । उनले १ हजार ३ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धि हृदय नारायण यादबले १ हजार ६२ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।
यसैबीच उपसभापतिमा सुनिल यादबको प्यानलका रामलोचन प्रसाद कलवार र धिरेन्द्र कुमार सिंह बिजयी भएका छन् । रामलोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत प्राप्त गरेका थिए भने धिरेन्द्र कुमार सिंहले १ हजार २ सय ८७ मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्धन्द्धि हृदयनारायणको प्यानलका उपसभापतिका उम्मेदबार मोहम्मद महताब आलमले १ हजार १ सय ३१ मत र बिनोद कुमार गुप्ताले ८ सय २५ मत पाए । यस्तै सुनिल यादबको प्यानलका सचिवमा राजेस कुमार चौधरी १ हजार ३ सय ५ मतले र हृदय नारायण यादबको प्यानलका रामचन्द्र गिरी १ हजार १ सय ४२ मतले विजयी भएका हुन् ।
सुनिल यादब पक्षका निकटतम प्रतिद्धन्द्धि सुबास कोईरालाले १ हजार १ सय ३२ मत पाए भने हृदयनाराण पक्षका सुमन गौतमले ८ सय ८५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदबार बनेका उपेन्द्र यादबले २ सय ७४ मत पाए । त्यसै गरी सह सचिवमा सुनिल यादब प्यानलका मोहम्मद फिरोज आलम १ हजार ३ सय ८३ मत र सिकेन्द्र प्रसाद पटेलले १ हजार २ सय ४१ मत प्राप्त गरी बिजयी भएका छन । हृदयनारायण पक्षका निकटतम प्रतिद्धन्द्धि धमेन्द्र प्रसादले १ हजार ५१ र माजिद अलि भन्ने बच्चा बाबुले ९ सय ५१ मत पाए ।
क्षेत्रगत मत गणना भएको थियो जस अनुसार सुनिल यादबले क्षेत्रनम्बर १ मा ४ सय ७७ , क्षेत्रनम्बर २ मा ९९ क्षेत्रनम्बर ३ मा ५ सय ४५ र क्षेत्रनम्बर ४ मा २ सय ४१ मत पाएका थिए । उनका निकटतम प्रतिद्धन्द्धि हृदय नारायण यादबले क्षेत्रनम्बर १ मा १ सय ५२, क्षेत्रनम्बर २ मा ५ सय ३२, क्षेत्रनम्बर ३ मा १ सय ४० र क्षेत्रनम्बर ४ मा २ सय ४० मत पाएका थिए । यस्तै उपसभापतिमा बिजयी धीरेन्द्र कुमार सिहले ४ सय ७३, क्षेत्रनम्बर २ मा १ सय ९ क्षेत्रनम्बर ३ मा ४ सय ८२ र क्षेत्रनम्बर ४ मा २ सय २३ मत पाए अर्का बिजयी रामलोचन प्रसाद कल्वारले क्षेत्रनम्बर १ मा ४ सय ५५, क्षेत्रनम्बर २ मा २ सय १५, क्षेत्रनम्बर ३ मा ४ सय ७ र क्षेत्रनम्बर ४ मा २ सय २६ मत पाए ।
यस्तै निकटतम प्रतिद्धन्द्धि मोहम्मद महताब आलमले क्षेत्रनम्बर १ मा १ सय ३, क्षेत्रनम्बर २ मा ५ सय ७०, क्षेत्रनम्बर ३ मा १ सय ९२ र क्षेत्रनम्बर ४ मा २ सय ४६ मत पाए । अर्का बिनोद कुमार गुप्ताले क्षेत्रनम्बर १ मा १ सय ३, क्षेत्रनम्बर २ मा ३ सय ४०, क्षेत्रनम्बर ३ मा १ सय ३७ र क्षेत्रनम्बर ४ मा २ सय ४५ मत पाए । सचिबमा बिजयी राजेश कुमार चौधरीले क्षेत्रनम्बर १ मा ५ सय ७९, क्षेत्रनम्बर २ मा ९, क्षेत्रनम्बर ३ मा ४ सय ७ र क्षेत्रनम्बर ४ मा २ सय २४ मत पाए । अर्का बिजयी रामचन्द्र गिरीले क्षेत्रनम्बर १ मा १ सय ७४, क्षेत्रनम्बर २ मा ५ सय ६६, क्षेत्रनम्बर ३ मा १ सय ६ र क्षेत्रनम्बर ४ मा २ सय १६ मत पाएका छन ।
निकटतम प्रतिद्धन्द्धि उपेन्द्र यादबले क्षेत्रनम्बर १ मा ६६, क्षेत्रनम्बर २ मा २५, क्षेत्रनम्बर ३ मा १ सय ५५, क्षेत्रनम्बर ४ मा २ मत पाए । सुबास कोईरालाले क्षेत्रनम्बर १ मा ३ सय ९५, क्षेत्रनम्बर २मा ६९, क्षेत्रनम्बर ३ मा ४ सय ३१ र क्षेत्रनम्बर ४ मा २ सय ३७ मत पाए । अर्का सुमन गौतमले क्षेत्रनम्बर १ मा ७९, क्षेत्रनम्बर २ मा ४ सय ७७, क्षेत्रनम्बर ३ मा १ सय १६ र क्षेत्रनम्बर ४ मा २ सय १६ मत पाए भने सहसचिबमा बिजयी मोहम्मद फिरोज आलमले क्षेत्रनम्बर १ मा ४ सय ६१, क्षेत्रनम्बर २ मा २ सय ८ , क्षेत्रनम्बर ३ मा ४ सय ७५ र क्षेत्रनम्बर ४ मा २ सय ३९ मत पाए ।
अर्का बिजयी सिकेन्द्र पटेलले क्षेत्रनम्बर १ मा ४ सय ४१ , क्षेत्रनम्बर २ मा ८३, क्षेत्रनम्बर ३ मा ४ सय ६६ र क्षेत्रनम्बर ४ मा २ सय १ मत पाए । उनीहरुका निकटतम प्रतिद्धन्द्धि धमेन्द्र प्रसादले क्षेत्रनम्बर १ मा २ सय क्षेत्रनम्बर २ मा ४ सय ५५, क्षेत्रनम्बर ३ मा १ सय ७४, क्षेत्रनम्बर ४ मा २ सय २२ मत पाए । अर्का मजिद अलि भन्ने बच्चा बाबुले क्षेत्रनम्बर १ मा १ सय १५ , क्षेत्रनम्बर २ मा ४ सय ९३, क्षेत्रनम्बर ३मा १ सय ४१ र क्षेत्रनम्बर ४ मा २ सय २ मत प्राप्त गरेका छन ।
नेपाली काग्रेस रौतहटमा २ हजार ५ सय ९१ म्तदाता रहेकोमा २ हजार ५ सय १८ मतदान भएको थियो । गएको २१ गते अधिबेशन हुने भनिएपनि निर्बाचन समितिले फाल्गुण २३ गते मात्रै निर्बाचन गराएको थियो । स्रोत : गुञ्जन एफएम