मन्त्रीका स्वकिय सचिव दिलिपले ठुलो आर्थिक चलखेल गरी इशनाथमा उपसचिव हटाएर सुब्बालाई बनाए हाकिम

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२४ फागुन, रौतहट । १८ पालिका भएको रौतहटमा नेपाल सरकारले एकमात्र पालिकामा खटाएको उपसचिवलाई अन्यन्त्र सरुवा गरेर शिक्षा शाखाका सुब्बलाई निमित प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा उपसचिवको दरबन्दीमा दुई महिना अघि मात्र आएका खिम बहादुर भुजेललाई हटाएर सोही पालिकाका शिक्षा शाखाका सुब्बा नन्द किशोर गुप्तालाई निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी मन्त्रालयले प्रदान गरेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका स्वकिय सचिव दिलिप पटेलले आर्थिक चलखेल गर्दै भुजेलको सट्टामा ईशनाथ नगरपालिकाको शिक्षा शाखाका प्रमुख नायव सुब्बा गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्बेवारी दिएको पत्र पठाएको हो । सचिव पटेलललाई आर्थिक प्रलोभनमा पारेर गुप्ताले निमित प्रमुखको पद प्राप्त गरेको नगरपालिकाका कर्मचारीहरु बताउछन ।

नगरपालिकामा उपसचिव आउने बितिकै मन्त्रालय धाउने गुप्ता यस अघि पनि यसै गरी हाकिम बनेका थिए । दुइ महिना पहिला ईशनाथ नगरपालिकाको प्रमुखका रुपमा आएका भुजेललाई जिल्लाको कटहरिया नगरपालिकामा पठाएर मन्त्रालयले उप सचिवको ठांउमा सुब्बालाई कार्यालय प्रमुख बनाएर पठाएपछि समस्या उत्पन्न भएको ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण रौतहटका स्थानियहरु तहसनहस भएका छन । उपसचिवको दरबन्दी भए पनि रौतहटमा अहेव, शिक्षक, सुब्बा, इन्जीनियरहरुले पालिका चलाउदै आएका छन । मन्त्रालयले खटाएका उपसचिवलाई हाजिर हुन नदिने र सरुवा भएको थाहा पाउने बितिकै बिचौलिया सहित मन्त्रालय पुगेर आर्थिक चलखेल गरी पुन पदको म्याद थप गराउने चलनले स्थानिय दिक्क भएका छन ।

ईशनाथ नगरपालिकामा मात्रै एकवर्षमा चार जना कार्यालय प्रमुख फेरिएको छ । नगर प्रमुखलाई जानकारीनै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएर ईशनाथ नगरपालिकाको निमित्त प्रमुखको पत्र प्राप्त गरेको नगरप्रमुख मेहताले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!