नेकपा एमाले रौतहटले बौद्विमाईमा नारी दिवस मनायो

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


नेकपा एमाले रौतहटले बौद्विमाई नगरपालिकामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । सयौंको संख्यामा रहेका महिलाहरुले महिला अधिकार सम्बन्धी नारा लेखिएका प्लेकार्ड सहित नगर परिक्रमा गरेका थिए । ‘समृद्व नेपाल निर्माणका लागि स्थानीय तहका प्रमुख पदमा समान महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने मुल नाराका साथ आयोजित सो कार्यक्रममा सहभागी महिलाहरुले अवसर पाए महिलाले पनि स्थानीय तहको नेतृत्व गर्न सक्ने भन्दै राजनीतिक दलहरुले महिलालाउ उपमै चुप लगाउनुपर्छ भन्ने सोच बदल्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले मधेश प्रदेश उपसचिव आरती भण्डारीले स्थानीय तहको नेतृत्वमा अवसर पाएका महिलाहरुले आफुलाई अब्बल सावित गरेर नगर अनि नगरवासीको विकास उदाहरणीय ढंगले गरेको दृष्टान्त रहेको भन्दै अब आउने स्थानीय तहको निर्वाचन पनि अधिकतम स्थानीय तहको नेतृत्वको जिम्मा महिलालाईनै दिनुपर्नेमा जोड दिनुभयो ।
मधेश प्रदेशको एकमात्र महिला नगरप्रमुख रिना साहले पार्टीले र जनताले विश्वास गरेर महिलालाई स्थानीय तहको नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिदैं महिला नेतृत्व विकास र समृद्धिको प्रतिक भएको जिकिर गर्नुभयो ।
नेकपा एमालेका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले नेकपा एमाले महिला हकहित, अधिकार र सहभागिताको सुनिश्चितताको लागि प्रतिवद्ध रहेको भन्दै महिला विकास भ‌ए समाज विकास हुने बताउनुभयो ।
महिला नेतृ प्रेमा ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्यहरू फुलवदन देवी, कलावती देवी, प्रमिला देवी, लिला देवी यादव, सुमन यादव, रामचन्द्र साह, जयराम दास, रुप सागर उपाध्याय, चिन्ता कुमार साह, बौद्विमाई नगर कमिटी अध्यक्ष श्री भगवान् पटेल लगायत सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!