वृन्दावन नगरपालिका वडा नम्बर ४ को नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फागुन २७ गते
वृन्दावन नगरपालिका वडा नम्बर ४ को नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । सो वडा अधिवेशनले विजय यादवको अध्यक्षतामा ६५ सदस्यिय वडा कमिटि गठन गरेको छ ।

कमिटको उपाध्यक्षमा राजदेव राय , सचिवमा प्रमानन्द राय , उपसचिवमा नन्दकिशोर राय र मुकेश झा रहेका नेकपा एमाले मधेस प्रदेश सदस्य वैजनाथ सहनीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले मधेस प्रदेश उपसचिव आरती भण्डारीले नेकपा एमालेमा प्रवेश गर्नेको लहर देशैभर उत्साहजनक रहेको र निर्वाचित जनप्रतिनिधीहरु पनि धमाधम माओवादी लगायतका पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेकाले स्थानिय तहको निर्वाचनसम्म माओवादीमा जनप्रतिनिधीको खडेरी आउने दावी गरिन् । उनले नेकपा एमालेबाट दक्षिणपन्थि अवसरवाद र सांगठनिक अराजकहरुले पार्टी छाडेपछि नेकपा एमाले थप लोकप्रिय हुँदै गइरहेको र यो दिनुहँ पार्टी प्रवेशहरुको संख्याले देखाइरहेको बताइन् ।

नेकपा एमाले मधेस प्रदेश सदस्य वैजनाथ सहनीले अब वृन्दावन नगरपालिकामा नगर प्रमुख , उपप्रमुख र सबै वडाहरु नेकपा एमाले जित्ने बाटोमा नेकपा एमाले अगाडि बढिरहेको भन्दै वृन्दावन नगरपालिकालाई नेकपा एमालेमय बनाउन कुनै शक्तिले रोक्न नसक्ने दावी गरे । नेकपा एमाले मधेस प्रदेश सदस्य अखिलेश्वर चौधरीले नेकपा एमाले जनताको पार्टी भएकाले यसले जनताको हकहितको लागि मात्र काम गरेकाले अब आउने निर्वाचनहरुमा जनताले नेकपा एमालेलाई विजयी बनाउने दावी गरे । नेकपा एमाले रौतहट जिल्ला कमिटि उपाध्यक्ष दिपक यादवले नेकपा एमालेको सरकार आएमात्र गाउँ टोलमा विकास आउने भएकाले विकासको विकल्पनै नेकपा एमाले भएको बताए ।

नेकपा एमाले रौतहट जिल्ला कमिटि उपसचिव पलट चौधरीले सबै नेता कार्यकर्ता एकढिक्का भएर लागे नेकपा एमालेको जितको गाडीलाई कसैले रोक्न नसक्ने बताए । कार्यक्रममा ठुलो संख्यामा नेकपा एमालेका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले वृन्दावन नगर कमिटि अध्यक्ष संजय पटवाले वृन्दावन नगरपालिकामा एमालेले नजित्दा विकासमा पछाडि परेको भन्दै यस पटको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताएर विकासको लहर ल्याउन आग्रह गरे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!