ईशनाथ नगरपालिका लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : शैलेन्द्र साह

पछिल्लाे समाचार

फागु पुर्णिामा ( होली ) २०७८ को उपलक्ष्यमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा ईशनाथ न.पा.मेयर भावी उमेदवार शैलेन्द्र साह द्वारा शुभकामना व्यक्त , ईशनाथ नगरपालिका लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : शैलेन्द्र साह

नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लास पूर्वक फागु पुर्णिामा तथा होली धूमधामले मनाउने चलन छ । शुभ अवसर पारेर नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा ईशनाथ नगरपालिका भावी मेयर उमेदवार शैलेन्द्र साहले नगर वासि लाई शुभकामना व्यक्त गरेका छन ।

यी हाम्रा संस्कृति पहिचानको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व तथा कर्तव्य समेत हो जसअनुसार यस फागुन पुर्णिामा अर्थात होलि पर्वले सबै नगर वासी तथा जिल्ला बासी नेपालीहरुमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्ति भाव फैलाउन सकोस् , अन्याय अत्याचार जासुरी प्रवृत्तिको निमित्त आवज उठाउदै रास्ट्र र राष्ट्रियताको संरक्षणका निमित्त र गौरवशालि इतिहास बोकेको “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर एमाले हिँडेको छ । समृद्धि नेपालकोे चाहना र जनताको आशा बनेको छ ।

राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा बनेको छ ।खुसी नेपाली स्थापित गर्न गराउनको निमित्त सम्पुर्ण नगर बासी तथा नेपालिहरु एकजुट हुन सक्नेछन् । ईशनाथ नगरपालिका लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य रहेको शैलेन्द्र साहले बताए ।

साथै सबै नेपालीहरु बीचको एकता, सद्‌भाव र सहिष्णुतालाई कायम राख्दै सबै संस्कृति एवम् परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा रहोस भन्ने कामना समेत ईशनाथ नगरपालिकाका भावी मेयर उमेदवार शैलेन्द्र साशले गरेका छ्न ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!