सर्लाही बस दुर्घटना : दुईजनाको सनाखत

पछिल्लाे समाचार

१३ चैत, जनकपुरधाम। सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।

प्रहरीका मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बीरगंजबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!