प्रदीप दास, रौतहट ।
चैत २९ गते , मंगलबार ।
रौतहटको सदमुकाम गौरमा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूलाई क्षमता विकास सम्बन्धी २ दिने तालीम सञ्चालन भएको छ ।
उक्त कार्यक्रम स्विस सरकार विकास सहयोग एसडीसीको अनुदानमा ,हेल्भेटास नेपालको प्राविधिक सहयोगमा , सुरक्षित आप्रवासन (सामी) परियोजनाको सहकार्य र माण्डवीको सहयोग, रौतहटको ४ वटा स्थानिय तह गौर,चन्द्रपुर,गरुडा नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।
यस दुई दिने आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूलाई क्षमता विकास कार्यक्रमले वैदेशिक रोजगारको वर्तमान अवस्था ,आप्रवासनको सारांश परिचय, वैदेशिक रोजगारसँग सम्बन्धित संस्था र तथ्याङ्क हरु,नेपाल सरकारको समसामयिक प्रयासहरू र यसका सेवाहरु सम्बन्धी सुरक्षित आप्रवासन (सामी) परियोजनाका
सामाजिक परिचालक तथा प्रशिक्षक सुबिन्द्र कुमार दासले प्रकाश पारेका थिए ।
त्यस्तै आजको कार्यक्रममा आप्रवासनको अवधारणा, वैदेशिक रोजगार सँग सम्बन्धित सक्रिय संस्थाहरु,वैदेशिक रोजगार र नेपाल ,वैदेशिक रोजगार र मधेश प्रदेश ,थ्री डी वर्क,वैदेशिक रोजगारीमा देखिएका समस्याहरू,नेपाल सरकारका प्रयासहरू,यस परियोजनाका लक्ष्य,अवसरहरू चुनौतीहरुका बारेमा पनि प्रकाश पारिएको थियो ।नेपालमा सुरक्षित आप्रवासन परियोजना २०६७ साल देखि २०७० साल सम्म २ जिल्लामा कायम रहेको थियो भने २०७० देखि २०७५ सम्म १८ जिल्ला सहित काठमाडौंमा कायम रहेको थियो,त्यस्तै २०७५ साल देखि २०७९ साल सम्म ३९ जिल्ला गरी १५६ वटा स्थानीय तहमा सञ्चालित रहेका छन् ।
संघ, प्रदेश र स्थानीय तहमा गरी परियोजनाले संघीय तहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना निर्देशक समितिको व्यवस्थापन गरिएको हो ,प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना समन्वय समिति र स्थानिय तहमा आप्रवासी श्रोत केन्द्र रहने स्थानीय तहको प्रमुखको अध्यक्षतामा स्थानिय सरकार परियोजना व्यवस्थापन समिति सञ्चालन भएको जानकारी समेत गराईएको थियो ।
त्यस्तै सामी परियोजनाको मुख्य कार्यक्रमहरु र लाभान्वित संख्यामा ५ वटा कार्यहरू गर्दै आएको छ,जस्तै ;सूचनामा पहुंच ९ लाख ,न्यायमा पहुँच १५ हजार , वित्तीय साक्षरता ४६ हजार ८ सय, मनोसामाजिक परामर्श करिव ५४ हजार र सीपयुक्त जनशक्तिको विकास २७ हजार सम्म वृद्धि गर्ने लक्ष्य लिएको थियो र पूरा पनि लगभग भएको देखिएको हो ।त्यस्तै कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर गए राम्रो हुने ,ठगिने सम्भावना कम हुने ,दक्ष जनशक्ति उत्पादन हुने र स्वदेश फिर्ता भएपनि आफ्नै सीपले त्यस्तै कार्य गर्नमा सफलता मिल्ने बारे परियोजना संयोजक तथा प्रशिक्षक अरविन्द चौधरीले प्रकाश पारेका थिए ।साथै आजको कार्यक्रममा विदेशबाट फिर्ता आएका व्यक्तित्वहरू लगायत स्थानिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।