रौतहटमा काठ तस्कर समुहको आक्रमण बाट एकजना फोरेस्टर सहित दुईजना वन कर्मचारी घाइते

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

चन्द्रपुर,३ चैत ।
रौतहटमा काठ तस्कर समुहको आक्रमण बाट एकजना फोरेस्टर सहित दुईजना वन कर्मचारी घाइते भएका छन ।
तस्कर समुहको आक्रमण बाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर सम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन । फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको हुंदा चन्द्रपुर अस्पतालमा टांका लगाई उपचार पछि अहिले बेडरेस्टमा रहेको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन ।
त्यसैगरी वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचार पछि उनी हान जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन ।
फोरेस्टर महतो र वन रक्षक बुढाथोकी बिहिबार राती सिमरी गाउ तर्फ गस्तीमा गएका थिए । गस्तीको क्रममा राती १२ बजे सिमरी गाउ छेउमा दुईजना तस्कर मोटरसाइकलमा काठ चोरेर गैरहेका थिए । गस्ती टोलिलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल त्यही छोडेर भागे । गस्ती टोलिमा २ जनामात्र रहेको चाल पाएर उनिहरुले सिमरी गाउ बाट थप केही मानिस बोलाएर फोरेस्टर सम्भु महतो र वन रक्षक रत्न बुढाथोकी माथि आक्रमण गरेका थिए ।
महतोको टाउकोमा ढुंगाले प्रहार गर्दा उनी लडेपछी वन रक्षक थापा त्यहा बाट भाग्न सफल भएका थिए ।
घटनास्थल बाट केही टाढा पुगेर त्यहाको अवस्था बारे डिभिजन वन कार्यालय प्रमुख अमरदेव यादव लाई फोन गरेर जानकारी गराएका थिए । प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरी सहित थप वन सुरक्षा टोलि त्यहँ पुगेर फोरेस्टर महतो र बन रक्षक बुढाथोकीको उद्वार गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख बैधनाथ मण्डलले बताएका छन ।
शुक्रबार बिहान घटनास्थल बाट वन गस्तीटोलिले तस्करले प्रयोग गरेको बा २६ प ४४१२ पल्सर १५० सिसिको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको तथा घटना बारे अनुसंधान भैरहेको सेक्टरप्रमुख मण्डलले जानकारी दिएका छन । तराई एक्सप्रेस

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!