रौतहट जिल्लाबाट एसईई परीक्षामा ८ हजार भन्दाबढी विधार्थीहरुको सहभागीता हुँदै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट, बैशाख ८ गते । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षाको तयारी रौतहट जिल्लामा पुरा भएको छ । बोर्डले देशभर शुक्रबार भोलि देखि कक्षा–१० को एसईई परीक्षा लिँदैछ ।

परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला शिक्षा समन्वय ईकाइले जनाएको छ । रौतहटमा ३१ वटा परिक्षा केन्द्रहरु तोकिएका छन् ।

एसईईमा सहभागी हुने विद्यार्थीलाई सोधिने प्रश्नपत्र समेत तयार भएर जिल्ला प्रहरी कार्यालयमा पुगेसँगै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईकाइले जनाएको छ । रौतहट जिल्लाबाट यस वर्ष १ सय २ विद्यालयमध्ये सामुदायिक ८० र संस्थागत २२ वटा विद्यालयको ८ हजार ४ सय ९७ जना विद्यार्थीहरुको सहभागिता रहने छ । जसमध्ये सामुदायिक बिधालय बाट छात्र ४ हजार २ सय ४९ जना र छात्रामा ३ हजार ७ सय ५० जना तथा संस्थागत बिधालय बाट छात्रमा ३ जना र छात्रामा २ सय १५ जना गरि जम्मा परिक्षार्थी ४ हजार ५ सय ७७ र छात्रामा ३ हजार ९ सय २० जना विद्याथीहरुको सहभागिता रहने इकाइले जनाएको छ ।

जिल्लाका विभिन्न पालिकाका विद्यालयमा अध्यनरत विद्यार्थीलाई सकेसम्म पायक पर्ने गरी परीक्षा केन्द्र तोकिएको इकाइले जनाएको छ ।

 कटहरिया नगरपालिकाका भित्र रहेका श्री नमुना माध्यमिक विद्यायल कटहरियाका विद्यार्थीहरु २ सय ७५ जनाको सहभागिता रहने तथा सो विद्यालयका एसईई परिक्षा केन्द्र नगरपालिका भित्र रहेको श्री माध्यमिक विद्यालय भसेढवामा तोकिएको हो । साथै कोरोना भाइरस कोभिड १९ को महामारिको सुरक्षाका साथ एसईई परिक्षाको तयारि पुरा भएको श्री नमुना माध्यमिक विद्यालय कटहरियाको प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहाले बताएका छन् । उनका अनुसार मावि कटहरिया,बगहि, भसेढवा र विजयपुर माध्यमिक विद्यालयको विद्यार्थीहरुको सहभागिता रहने छ ।  

परिक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्ष तोकिएकाले सम्बन्धित विषयको परीक्षा भएको दिनको केही समयअघि ती केन्द्राध्यक्षहरुले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी कार्यालयबाट प्रश्नपत्र लगेर परीक्षा सञ्चालन हुने इकाईले जनाएको छ ।

परीक्षा केन्द्रमा केन्द्राध्यक्ष ३१, सहायक केन्द्राध्यक्ष ६०, निरीक्षक ४ सय ५२, पियन १ सय ८० जना तथा परीक्षामा अमर्यादित क्रियाकलाप हुन नदिन पर्याप्त मात्रामा ६ सय २० जना सुरक्षाकर्मी परिचालन हुने शिक्षा शाखाले जनाएको छ । दुई वर्षदेखि कोभिड महामारीका कारण विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन हुन लागेको हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!