नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय यादव निर्विजले आफ्ना चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


वैशाख १९ गते, रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय यादव निर्विजले आफ्ना चुनावी प्रतिबद्धत पत्र सार्वजनिक गरेका छन् ।
चुनाव जितेपछि आफूले गर्ने कामहरूलाई समेटेर उनले विजयपुर स्थित विवाह मण्डप भवनमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको आफ्ना प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायत कार्यलाई विशेष प्राथमिकता दिएका छन् ।
सो अवसरमा बोल्दै नगर प्रमुखका उम्मेदवार यादवले भ्रष्टाचार मुक्त फतुवा विजयपुर नगर सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । विगतमा नगरको नेतृत्व गरेको सरकारले व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको आरोप लगाउँदै उनले ती कराहरुमा सुधार गर्ने उल्लेख गरे ।
नगरमा कम्तिमा एउटा व्यापारिक केन्द्र स्थापना गर्ने, नगर क्षेत्र भित्र रहेका बजारहरुमा एउटा बैंकिंग शाखाहरु पुरयाउन पहल गर्ने, नगर क्षेत्रका पोखरी, ताल, तलैयालाई व्यवस्थित गरी पर्यटनको सम्भावनालाई बढाउने, कला, धर्म संस्कृतिलाई संरक्षण गर्ने, नगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न र यहाँका संस्कृतिलाई देश विदेशमा चिनाउन सांस्कृतिक संगा्रहलयको स्थापना गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
शिक्षा तर्फ नगरमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, अत्याधुनिक सरकारी अस्पतालको स्थापना, क्रिक्रेट र फुटसल स्थापना गर्ने ग्राउन्ड सहित रंगशाला निर्माण, व्यवस्थित पिकनिक पार्क निर्माण गर्ने, विजयपुर बजार क्षेत्रमा जग्गा खरिद गरी नगरपालिकाको प्रशासनिक भवन बनाउने, खेतीपाती व्यवस्थित गर्न कृषि सडक निर्माण गर्ने आदि काम गर्ने उनको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
दलितहरुलाई जग्गा खरिद गरी आधुनिक एकिकृत दलित बस्तीहरु निर्माण गर्ने, महिलाहरुलाई आत्म निर्भर बनाउन निशुल्क रुपमा सिपमुलक तालिमको व्यवस्था गर्ने, नगरभरीका सामुदायीक विद्यालयका छात्रछात्राहरुलाई साइकलको व्यवस्था गर्ने, छात्राहरुलाई उच्च शिक्षामा पहुच पुरयाउन एक छात्रा एक ल्यापटप कार्यक्रम सञ्चालन गर्ने, नगरका बेरोजगार युवालाई रोजगारी दिने नेता प्रतिबद्धता उनले जनाएका छन् ।
नगरका प्रत्येक चोकहरुमा सिसिटिभी क्यामरा तथा सडक बत्ती जडान गर्ने, स्वक्छ वातावरणका लागि नगरका सबै चौक र बजारमा वृक्षारोपण गरी हरियालियुक्त बनाउने, सबै टोलमा पक्की सडक र नाला निर्माण लगायत कार्य गर्ने उनको प्रतिबद्धत पत्रमा उल्लेख छ ।
आफू निर्वाचित भएपछि आफूले अहिले जनतासँग गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने उनले बताएका छन् ।
आफू आफ्ना व्यक्तिगत स्वार्थको लागि नभई समाज सेवा गर्ने उदेश्यले उम्मेदवारी दिएकोले आफूलाई विजयी गराई समाजसेवा गर्न मौका दिन नगरबासिसंग अनुरोध गरेका छन् ।
प्रतिबद्धता पत्र घोषणापत्र सार्वजनिक कार्यक्रममा उपमेयर कान्ती देवी महतो,प्रेस चौतारी रौतहटका अध्यक्ष उतम कुमार उपाध्याय सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!