रौतहटको राजपुर नगरपालिकामा मेयर उम्मेदवार जैद राजाको लहर

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

२३ बैशाख, रौतहट । पहिलो संविधान सभाको निर्वाचनका बेला बम विष्फोट भएर घाइते भएकाहरुलाई ईटा भट्टामा जलाएको घटनाले चिनिएको रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै छ ।

राजपुरमा नेकपा एमाले परित्याग गरेर जनता समाजवादीमा प्रवेश गरेका जैद आलमले राजपुर नगरपालिका क्षेत्रलाई हिलो र धुलो मुक्त बनाउने बताएका छन । आफताब आलमको छोरा डा. रजिक आलमलाई कडा टक्कर दिन चुनावी मैदानमा आएका जैद अहिले व्यापक प्रचारप्रसारमा छन ।

लामो समयसम्म एमालेमा रहेका जैदलाई स्थानिय तहको निर्वाचनमा मेयरको टिकट नदिए पछि उनी अन्तीम समयमा जसपामा प्रवेशका थिए । जसपाका तर्फबाट राजपुरमा मेयरका उम्मेदवार भएका उनी युवापुस्ता माझ लोकप्रिय रहेका छन ।

मेयर उम्मेदवार रहेका जैदले राजपुर नगरपालिकामा हिलो मुक्त सडक बनाउने पहिलो प्राथमिकता रहेको बताए । निकै लामो समय सम्म मोह्मद आफताब आलमको नेतृत्वमा रहेको राजपुरको भौतिक पूर्वाधारको अवश्था जिल्लामा सबै भन्दा कमजोर छ । सडक र ढल निकासको चरम समस्या रहेको राजपुर रौतटमा विकासमा पछाडी परेका नगरपालिका मध्येकै एक हो ।

वर्षामा हिलो र गर्मीमा धुलाम्ये हुने सडक वर्षौ देखी कालोपत्रे हुन सकेको छैन । “जन्मीएको बेला देखी अहिले सम्म पनि राजपुरका सडकहरु जस्ताको त्यस्तै छन ।” जैद भन्छन “राजपुर जहिले पनि केन्द्रीय सताको नजिक रह्यो तर विकास हुन सकेन ।” ढल निकासको समुचित व्यवस्था गर्ने, टोल विकास समिति गठन गर्दै सो मार्फत सबै बस्तीहरुको आधारभूत भौतिक पूर्वाधारहरुको विकास गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

पूर्वमन्त्री तता साँसद स्व. मुस्ताक आलमका छोरा रहेका जैदले कृषिमा आधुनिकिकरण, व्यवस्थीत बजार, बसपार्क तथा विद्यालय र मदरसाहरुलाई स्तरउन्नती गर्ने बताए । “मातृभाषामा पाठयक्रम निर्माण गर्दै हरेर बालबालिकालाई विद्यालय पठाउने वातावरण निर्माण गरिनेछ ।” जैदले भने “राजपुरको बृहतर विकासका लागी गुरुयोजना बनाएर काम अगाडी बढाउइने छ ।” युवापुस्ताका व्यक्तिहरु राजनितिमा आए पछि समुदायमा विकासका कामहरु तिव्र गतिमा अगाडी बढने उनी बताउछन ।

ईटा भट्टामा मान्छे जलाएर मारेको आरोपमा हाल कारारगारमा रहेका मोह्मद आफताब आलमका छोरा डा. रजिक आलम पनि यसै क्षेत्रबाट मेयरको उम्मेदवार रहेका छन ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!