ईशनाथ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार संतोष मेहता माथि गएराति आक्रमण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २९ बैशाख,

रौतहटको इशनाथ नगरपालिकामा गएराति मेयर उम्मेदवार माथि आक्रमण भएको छ ।

ईशनाथ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार संतोष मेहता माथि गएराति आक्रमण भएको हो । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गरेका मेहतालाई नेपाली काग्रेंसका समर्थकहरुले आक्रमण गरेका थिए । आक्रमणमा मेहताको हातमा चोट लागेको छ भने शशिभुषण मेहता र विक्रम मेहताको टाउको फुटेको छ ।

निवर्तमान मेयर रहेका मेहता यस पटक दोश्रो कार्यकालका लागी उम्मेदवार बनेका छन । प्रहरी प्रशासनकै मिलेमतोमा आफु माथि आक्रमण भएको उम्मेदवार मेहताले बताए । आज पत्रकार सम्मेलन गर्दै मेहताले आफुलाई षडयन्त्रपूर्ण तरिकाले प्रहरीले बोलाएर आक्रमण गर्न लगाएको आरोप लगाए ।

“आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई संजय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए ।” मेहताले भने “म त्यहाँ पुग्ने बितिकै प्रहरीको असइ कुर्मीले गाडीको चाबी खोस्यो । लगतै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर काग्रेसकी उम्मेदवार अन्जु झा आइन ।” अन्जु झाकै निर्देशनमा आफुमाथि आक्रमण भएको उनले बताए ।

आफु माथि आक्रमण हुदा प्रहरी मुखदर्शक भएको उनको आरोप छ । काग्रेंका उम्मेदवारसँग मिलेर प्रहरीले आफ्नो हत्या गराउने षडयन्त्र गरेको उनले आरोप लगाए । घटनाका बारेमा अनुसन्धान गरेर कारवाही गर्न उनले प्रशासन समक्ष माँग गरेका छन । “मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ ।” उम्मेदवार मेहताले भने ।

घटनाका बारेमा जानकारी आए पश्चात प्रहरीले सुरक्षितरुपमा मेहतालाई घर पुरयाएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक विनोद घिमिरेले बताए । “राति उनलाई स्थानियले घेरे पछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो ।” प्रहरीमाथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान हुने उपरिक्षक घिमिरेले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!