प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको फेरी अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित ।

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


जेठ ११ गते
गौर । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेले तेस्रो नगरपालिकामा जित निकाल्न सफल भएको छ ।

पूर्वमन्त्री साहको निर्वाचन क्षेत्र रौतहट ३ मा पर्ने जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार कन्थमुनि जयसवालले रोमाञ्चक जित निकालेका हुन् । गठबन्धनको अगुवाई गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई जयसवालले ३७ मत अन्तरले पराजित गरेका छन् । गरुडामा मात्र नभई जिल्लामै लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने जयसवाललाई हराउन गठबन्धनको षढयन्त्र बिफल पार्दै एमाले उम्मेदवार जयसवाललाई जिताउन प्रभु साह सफल भएका हुन् ।

यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए ।

मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ । पूर्वमन्त्री साहकै क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पनि पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साहले गठबन्धनको उम्मेदवार जसपाकी मधुलिका पटेललाई ४९५ मतले पराजित गरेका थिए ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!