वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


जेष्ठ १४ गते, रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको मन जित्ने गरी आकर्षक योजनाहरुका साथ गर्न लागेको बताएका छन् ।
निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर पटेलले जनताको विश्वासलाई आधार बनाएर प्रभावकारी एवं जनहितकारी कामबाट आफना कार्यकाल शुरु गर्न लागेको बताएका छन् ।

नगरलाई भ्रष्टाचारमुक्त पालिका बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण लगाएत कार्यलाई आफनो पहिलो प्राथमिकतामा राखेर योजना ल्याउने उनले बताए ।
प्रसुति गृहको अभावमा कतिपय गर्भवति महिलालाई प्रसुति गराउन बाहिर लैजानुपर्ने बाध्यताका कारण अकाल्मै मृत्युवरण गर्नुपरेको अवस्थालाई मध्य नजर गर्दै नगरमा भएका प्रसुति गृहहरुलाई व्यवस्थित गर्नुका साथै प्रसुति गृह नभएको ठाउँमा प्रसुति गृह निर्माण गरी निशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

त्यसैगरी नगरपालिका भित्रबाट सम्पादन हुने पञ्जिकरण, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस निःशुल्क गर्ने समेत उनले बताए ।
पलिकाका अधिकांश व्यक्ति कृषि पेशामा नै आश्रित रहेकाले किसानलाई खेतीकिसानी गर्न सहज होस भन्ने उद्देश्यका साथ सिचाई नभएका ठाउँमा सिचाईको व्यवस्था गर्ने र सबै ठाउँमा विजुलीको व्यवस्था गरी विधुतीकरण गर्ने उनले बताए ।
त्यस्तै नगरमा विभिन्न उद्योग, कलकारखाना स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारी दिने उनले बताए ।
आफनो पाँच वर्षे कार्यकाल नगरको समृद्धि र विकासमा केन्द्रित गर्ने उद्धघोष गरेका नगर प्रमुख रामविनोद पटेलले प्रत्येक नगरवासीको भावना, चाहना र आवश्यक्ताको आधारमा कार्य गर्दै जाने बताए ।

नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा अलिकति पनि ढिला सुस्ती नगरी छिटोछरितो काम गर्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
जनताले दिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्ने बताउँदै मेयर पटेलले आफनो कार्यकालमा कसैलाई पनि निराश हुन नदिने विश्वास दिलाएका हुन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!