नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा अध्ययनरत रामजी रामले एमबीबीएसको परिक्षामा पास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट १९ जेठ ।
लामो संघर्ष र परिश्रम पश्चात वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा अध्ययनरत रामजी रामले एमबीबीएसको परिक्षा पास गरेका छन् ।

शूल्क नतिरेको निहुमा एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएसको परिक्षा पास गरेका हुन् ।

सरकारले दलति समूदायका चारवटा जाती वादी, डोम, मुसहर र चमारका युवाहरुलाई आफ्नो खर्चमा एमबीबीएस पढाउने कार्यविधि बनाएअनुसार रामजी नेशनल मेडिकल कलेजमा छात्रवृति पाएर भर्ना भएका थिए ।

उनिसँगै अन्य तिन जना दलित समूदायका विद्यार्थी पञ्कजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामले पनि सोही कार्यविधि अनुसार एमबीबीएस पढ्न सरकारबाट छात्रवृति पाएका थिए । तर कलेजले उनीहरुसँग पटक-पटक विभिन्न शिर्षकमा अवैध रुपले पैसा माग्दै आएको थियो ।

सरकारले उनीहरुलाई नि:शूल्क पढ्न छात्रवृति प्रदान गरेपनि कलेजले रामजी र अन्य विद्यार्थीहरुसँग शूल्क माग्दै कयौँ पटक परिक्षा हालबाट बाहिर समेत निकालेको थियो भने कयौँ पटक कलेजले उनीहरुलाई परिक्षाको फारमसमेत भर्न दिएको थिएन ।

कलेजले गरिरहेको अवैध शूल्क मागविरुद्ध रामजीलगायत अन्य विद्यार्थीहरुले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत उठाउँदै आएका थिए । सञ्चारमाध्यमहरुमा समाचार आएपछि कलेजको विरोध हुँदा उनीहरुलाई एक पटकको लागि परिक्षा दिन कलेजले अनुमति दिएपनि अर्को परिक्षामा पुन: त्यही पैसा तिर्नुपर्ने बखेडा ल्याउने गरेको रामजी बताउँछन् । कहिले होस्टेल शूल्कको नाममा त कहिले पुस्तक शूल्कको नाममा कलेजले उनीहरुसँग पैसा माग्ने गरेको रामजी सम्झनछन् ।

अन्तिम पटकको परिक्षामा कलेजले उनीहरुसँग पुन: पैसा माग गरेपछि उनीहरु आइओएमसम्म पुगेका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमासमेत उनीहरुले परिक्षा दिन पाउनुपर्छ भन्ने माग उठ्न थालेपछि आइओएमकी डिन डा. दिव्या सिंह शाहले उनीहरुलाई परीक्षा दिने वातावरण बनाई दिन कलेजलाई पत्र नै लेखेकी थिइन् । शाहले रामजी र पञ्कजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले उनीहरूलाई परीक्षामा सहभागी गराएको थियो ।

अन्तत: यत्रो लामो वर्षको संघर्ष पश्चात रामजी राजले आफू एमबीबीएस उत्तिर्ण भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो बुवासँगको एउटा तस्विर साझा गर्दै रामजीले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गर्दै लेखेका छन्, ‘परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छु । किनकी एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहको हुन्छ । जहिलेसम्म जीवन छ तवसम्म परीक्षाहरू कहिले सकिन्न । जीवनका बाँकि परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु ।’

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!