रौतहटको वृन्दावनका मेयर कुर्मीले ३० लाखको लागतमा विद्यालयको गरे शिलान्यास ।

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


जेष्ठ २१ गते, रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामविनोद प्रसाद कुर्मीले एक विद्यालय भवनको शिलान्यास गरेका छन् ।
मेयर कुर्मीले शनिवार आयोजित एक समारोहका बीच वृन्दावन नगरपालिका ६ हर्षाहा स्थित बतहु माध्यमिक विद्यालयमा सो भवनको शिलान्यास गरेका हुन ।

नगरपालिकाको ३० लाख रुपैयाको लागतमा एक तले चार कोठे भवन निर्माण हुन लागेको छ । भवनको शिलान्यास भएपछि बतहु माध्यमिक विद्यालयमा अब सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ ।यसै चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी भवन निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ ।

विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई पठनपाठन गराउन निकै कठिनाइ हुँदै आएकोले भवनको अभावमा कुनै पनि विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस भन्ने उद्देश्यका साथ आफु विद्यालय भवन निर्माणका लागि शिलान्यास गरेको मेयर रमविनोद प्रसाद पटेलले बताए ।

भवनको शिलान्यास गर्दै नगर प्रमुख पटेलले शिक्षाको क्षेत्रमा भौतिक पुर्वाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए ।शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन निर्माण प्रकृया अगाडि बढाएको समेत उनले बताए ।

नगरका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए । समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउनुपर्ने अति आवश्यक रहेको उनले धारणा राखे ।

भवन शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतो, वडा अध्यक्ष मजहर मंसुर, नेता प्रेमलाल पटेल, धर्मेन्द्र पटेल, हरिनारायण राउत, किशोरी कुमार पटेल, वडासदस्य लगाएतको उपस्थिती रहेको युवा नेता आशिष राज पटेलले बताएका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!