नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश जयसवालले विद्यालय भवनको शिलान्यास

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

जेठ २३ गते ।
रौतहटकाे कटहरिया नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश जयसवालले विद्यालय भवनको शिलान्यास गरेका छन् । कटहरिया नगरपालिकाकाे सबै भन्दा पुरानाे २००६ सालमा स्थापना भएकाे र नगरपालिकाकाे पहिलो विद्यालयको रुपमा रहेको श्री माध्यमिक विद्यालयमा बगहीकाे भवन अभाव भएको र पुराना भवनहरु जीर्ण भइसकेको अवस्थामा नयाँ भवनको शिलान्यास गरेका छन् ।

नगर प्रमुखकाे हजुर बुबाले पनि अध्ययन गरेको विद्यालय बगही भएकाेमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख अजय प्रकाश जयसवालले पहिलो औपचारिक भौतिक पूर्वाधारको रुपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् । नगर प्रमुखमा निर्वाचित हुनासाथ उहाँले शिक्षा पहिलाे प्राथमिकता रहेकाेले केहि समय भित्र कटहरिया नगरपालिकाकाे पुर्ण रूपमा शिक्षामा सुधार ल्याउने प्रतिबद्धता गर्नुभएकाे छ ।

नगर प्रमुख जयसवालले सर्वप्रथम मा० वि बगहीका शिक्षककाे पदपुर्ति गर्ने बताउनु भयाे । पूरै अस्तव्यस्त भइसकेको माध्यमिक विधालयमा बगहीकाे सुधारको अपेक्षा गरेका स्थानीयबासीले पहिलो कामको रुपमा विद्यालयमा भवन निर्माणको शुभारम्भ गर्नुलाई शैक्षिक सुधारको संकेतको रुपमा स्थानियले लिएका छन्। छाैसट्ठी लाखकाे लागतमा ४ काेठे भवनकाे अषाढ मसान्तसम्म निर्माण हुने बताइएको छ ।

विद्यालय भवनको शिलान्यास गरेपछी नगर प्रमुख जयसवालले तत्काल शैक्षिक अवस्थामा सुधार गर्न प्रधानाध्यापक नवल किशाेर ठाकुर तथा शिक्षकहरुलाई निर्देशन दिएका छन्। साना कक्षाका बालबालिकाले दिवा खाजाको माग गरेपछि नगर प्रमुख जयसवालले बालबालिकाका लागि तत्काल खाजाको व्यवस्था गर्न र कुनै किसिमको लापरवाही नगर्न पनि निर्देशन दिएका छन्।

नगर प्रमुख जयसवाल सँगै उपप्रमुख रिता देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह ,वडा अध्यक्ष शहिद मिया धाेवि , पुर्व वडा अध्यक्ष हरिभजन साह,वडा सचिव जयराम साह साेही बिधालयका प्रधानाध्यापक नवल किशाेर ठाकुर,नागेन्द्र यादव,राहुल साह लगायत अन्य अभिभावक र समाजसेवीको सहभागिता रहेको थियो।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!