रौतहटमा गर्भवती महिलालाई लछारपछार गर्दै कुटपिट गर्दा महिलाको गर्भ तुहिए

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, ३१ जेठ । आँगनमा जमेको बर्षाको पानी सडकमा बहाउदा छिमेकीहरुले चार महिनाको एक गर्भवती महिलालाई लछारपछार गर्दै कुटपिट गर्दा महिलाको गर्भ तुहिएको छ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा घर भएका महमद सदाम हुसेनको घरको आँगनमा बर्षाका पानी जमेको र सो पानी निकासको लागि सार्वजनिक बाटोमा निकास गर्दा छिमेकी इसराईल मिया लहेरी, सैरा खातुन, वहिद मिया कवारी, बद्री मिया कवारी र मोमिना खातुन सहितका महिला एवं पुरुषहरुले गत आईतवार दिउसो १.३० बजेको समयमा घरमै एक्लै रहेकी २५ बर्षिया श्रीमती रहाना खातुनको चुल्ठो समातेर लछारपछार गर्दै निर्घात कुटपिट गर्दा उनको चार महिनाको गर्भ तुहिएको हो ।

लछारपछार एवं निर्घात कुटपिटबाट चार महिनाको गर्भ तुहिएकी महिला प्रादेशिक अस्पताल गौरमा उपचार गराउदै ।

गर्भवती महिला रहानको तल्लो पेटमा लौरो र मुक्काले प्रहार गर्दा उनी वेहोस भएपछि अन्य गाउँका मानिसहरु प्रतिकार गर्दा कुटपिटमा संलग्न व्यक्तिहरु भागेपछि पिडिता महिलालाई तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि ल्याएका थिए । कुटपिटकै कारण उपचारको क्रममा रहेकी रहानाको गर्भ तुहिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

सदामले ५ जना पिडकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा कुटपिट गरी गर्भपतन गराएको ऐन अन्तर्गत हदै सम्म कारवाही गर्नुपर्ने माग गरे । उनले संचारकर्मीहरु संग कुरा गर्दै मुख्य आरोपित गाउमै खुलेआम घुम्दै थप घटना घटाउने धम्की दिदै आएको छ तर प्रहरी उनीहरुलाई समात्न नसकेको गुनासो गरे ।

पिडकहरुद्धारा कुटपिटको शिकार बनेकी बुहारीलाई छुटाउन जाँदा सासु अरमुन खातुनको आँखामा गम्भीर चोट लागेको

कुटपिटकै क्रममा ३७ बर्षिया आमा अरमुन खातुनलाई पनि कुटपिट गर्दा आँखामा गम्भीर चोट लागेको सदामले बताए । यस्तो जघन्य अपराध गर्नेहरु गाउँमा खुलेआम रुपमा घुमिरहदा आफूहरु असुरक्षित महसुस गरिरहेको हुँदा यथाशिघ्र मुख्य आरोपित सहितका व्यक्तिलाई पक्राउ गरी कानुनी डायरामा ल्याउन सम्बन्धित निकाय संग माग गरे ।

पिडकहरुद्धारा गरिएको यातनाको जानकारी पाउना साथ तत्कालै जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी टोली घटनास्थलमा पुगेर २ जना आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही सुरु गरेको जानकारी दिदै रौतहट प्रहरीका एसपी विनोद घिमिरेले दुई जनाको जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको बताए । पिडित पक्षद्धारा पाँच जना विरुद्ध किटानी जाहेरी दिएको हुँदा प्रहरीले आरोपितहरुको खोजी कार्य गरिरहेको तथा चाँडै नियन्त्रणमा लिने दाबी गरे । स्रोत :तराई टप

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!