रौतहटको फतुवा विजयपुर सन्तपुरमा एक जना व्यवसायी माथि आक्रमण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,०१ गते असार २०७९
राैतहटकाे फतुवा विजयपुरमा पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा आगजनीकाे घटना बढ्दै गएको छ । यस किसिमका घटना एक पछि अर्को दोहोरिँदै जानुले उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको छ ।

फतुवा विजयपुरको सन्तपुरमा एक जना व्यवसायी माथि आक्रमण भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ सन्तपुर चाैक स्थित रहेको कृषक बिज भण्डारका सन्चालक प्रमाेद राउत र उनकाे परिवार माथि आक्रमण भएको हो । घटनामा व्यवसायीका बुवा रघुविर राउतकाे खुट्टा र भाइ माेहित राउत कुर्मीको हात क्रेक भएको छ । उनको स्थानीय क्लिनिकमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

माटाे खन्ने विषयलाई लिएर मंगलबार दिउँसो व्यवसायीका भाइ माेहित र स्थानीय अब्जल अन्सारी बिच विवाद भई हातपात समेत भएको थियाे । पछि त्याे विषय साम्य भएको थियाे ।

व्यवसायी प्रमाेद राउतका अनुसार त्यही रिसिबी लाई लिएर राति १० करिब ६०-७० जनाकाे समूहमा आएर आफनाे पसल र घरमाथी आक्रमण गरेकाे बताए । एक्कासि ढुंगामुढा गर्न थालेपछि सपरिवार जसरी त्यसरी ज्यान बचाउन सफल भए ।

आक्रमणमा परि बुवा र भाइ घाईते भएको बताए । आफूहरूकाे घरमाथि आक्रमण भईरहँदा स्थानीय जनप्रतिनिधि लाई खबर गर्दा काेई आउनु भएन । प्रशासन आएपछि बल्ल हाम्रो ज्यान जाेगियाे । यस विषयमा प्रहरीमा आफूले उजुरी दिईसकेको उनले बताए ।
यस विषयमा ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका ईन्सपेक्टर सुरेन्द्र धमला सँग साेध्दा ईप्रका सन्तपुरले स्थिति नियन्त्रणमा लिन नसकेपछि विजयपुर बाट थप टाेली पुगेर व्यवसायीलाई बचाउ गरेकाे बताए ।

प्रहरी पुगेर ठूलाे दुर्घटना हुन बाट जाेगियाे । यस विषयमा छलफल गर्न दुबै पक्षलाई असार ११ गतेकाे समय दिएकाे धमलाले बताए ।
स्मरणीय हाेस् यस अघि पनि फतुवा विजयपुर नपा १ गम्हरिया लालबकैया घाटमा रहेकाे एक जना हाेटेल व्यवसायीकाे हाेटेलमा अज्ञात समूहले आगाे लगाई दिएकाे घटना बाहिर आएकाे थियाे । पछिल्लो समय उक्त क्षेत्रमा व्यवसायी माथिकाे आक्रमणकाे घटना बढेकाे छ ।

घटनाकाे विषयमा एमालेका मेयर प्रत्यासी बिजय यादव निर्विजले सन्तपुरमा नेपाली कांग्रेस पार्टी बाट निर्वाचित जनप्रतिनिधिकै निर्देशनमा उक्त घटना घटेकाे आराेप लगाउनु भएको छ । साथै घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी-अपराधीहरु जोसुकै भएतापनि निजलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गृह प्रशासनसंग जोडदार माग समेत गर्नु भएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!