वृन्दावन नगरपालिकाका नगरप्रमुख कुर्मीद्धारा सडक ढलानको उद्धघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ३ अषाढ।

वृन्दावन/ वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले सो पालिकाको वडा नम्बर-८ अन्तरगत पर्ने आँकडपाथर गाउँको बाटोमा सडक ढलानको उद्धघाटन गरेकाछन्।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता तथा पोलिट व्युरो सदस्य पुर्व सांसद रामकुमार भट्टराईको बिशेष पहल तथा नगर प्रमु कुर्मीको बिशेष सहयोगमा केन्द्रीय बजेट तराई मधेस समृद्धि अन्तरगतको कुल रकम ३० लाख बजेटमा सो ढलान कार्य भइरहेको छ।

बर्षौंदेखि बिग्रेको,आँकडपाथर गाउँको शिव मंदिर देखि रामएकवाल पटेलको घर सम्मको बाटोमा आजदेखि हुन गइरहेको ढलान कार्यले त्यहाँका जनसमुदाय अत्यन्तै उत्साहित भएका छन्।

ढलानको उदघाटन गर्दै नगरप्रमुख कुर्मीले आँकडपाथरको बिकास निर्माणमा अग्रसर हुन पाउँदा खुसी आफू महसुस गरिरहेको बताउदै अबको पाँच वर्षमा वृन्दावनलाई सुखी र समृद्ध वृन्दावन बनाउने र यहाँका हरेक सडकहरुमा नला,ढलान तथा कालोपत्रे गर्न कुनै कसर न छोडने बताउनुभयो।

उक्त उदघाटन कार्यक्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मी,वडा नम्बर ८का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, बिधायक हसिमा खातुन,वडा नम्बर -९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवन,नेकपा एसका नेता सलामोदिन दर्जी,राजेश यादव,पप्पु साह लगायत स्थानीयहरुको पनि सहभागीता रहेको थियो ।

कार्यक्रममा त्यहाँका उपभोक्ता समितिका अध्यक्ष श्याम पटेलले उपस्थित सम्पूर्ण अथितिहरुलाई फुलमाला,अबिर एवम् खादा ओडाएर सम्मान समेत गरिएको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!