रौतहटको राजदेवी नपाकाे आठौं नगरसभा बाट ३९ करोड भन्दा बढीकाे बजेट पारित

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट,०६ गते असार २०७९
रौतहटकाे १८ स्थानीय तह मध्ये राजदेवी नगरपालिकाले चाँडै बजेट ल्याएको छ । साेमबार राजदेवी नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ ।

मुडवलवा स्थित राजदेवी माताकाे मन्दिर प्रांगणमा सम्पन्न भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव रह्नु भएको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । जनमुखी स्थानीय सरकार विकास र समृद्धिकाे आधार भन्ने नाराका साथ राजदेवी नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । त्यसकाे अगावै आज असार ०६ गते बजेट सार्वजनिक भएको हाे । धेरै उत्साहका साथ सम्पन्न भएकाे आठौं नगरसभा बाट राजदेवी नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ३९ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
नगरकाे चौतर्फि विकासकाे लागि यसै चालु आर्थिक वर्ष २०७९/८० का लागि ३९ करोड १६ लाख ८ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगरप्रमुख भिखारी राय यादवले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको नगरप्रमुख यादवले बताए ।

नगरपालिका नगरकाे हरेक घर एवं व्यक्तिहरूकाे विकासकाे अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरू सिपमुलक तालिमकाे प्रवन्ध मिलाई आत्मनिर्भर बनाउने,राजदेवी मन्दिर आसपासकाे स्थानलाई सौन्दर्यकरण कार्यकाे विशेष प्राथमिकताका साथ राखिएकाे छ,प्रसिद्ध राजदेवी मन्दिर आसपासका लागि पर्यटकीय क्षेत्रकाे रुपमा अगाडी बढाउने नगर प्रमुख यादवले बताए ।

साे नगरपालिकाकाे वितिय समानीकरण अनुदान १२ कराेड २० लाख,सशर्त अनुदान पुँजिगत २ कराेड ५२ लाख, समपूरक अनुदान ७० लाख , विशेष अनुदान २ कराेड,राजस्व बाँडफाँड ८ कराेड २० लाख ९२ हजार , सशर्त अनुदान चालू १९ कराेड ६१ लाख गरि कुल आय ३७ कराेड ३ लाख बिनियाेजन गरिएको छ ।
नगरसभामा उपमेयर राजकुमारी साह,प्रमुख प्रशासकिय अधिकृत सुबाेध साह ,राष्ट्रिय भूमि आयाेगका राैतहट अध्यक्ष लक्ष्मण रेग्मी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूकाे उपस्थिती रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!