रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ मा शिलान्यास कार्यक्रम सम्पन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ मा शिलान्यास कार्यक्रम सम्पन भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुर स्थित पर्ने श्री दुर्गा सामुदायिक प्राथमिक बिधालयमा नव निर्वाचित मेयर कन्थमनि प्रसाद जैसवालले चार कोठे भवनको शिलान्यास गर्नु भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि बिधालयको आफ्नै खाली रहेको जग्गामा पुरोहितद्धारा मन्त्रोउच्चारण गरि बिधिबत रुपमा पुजापाठ गरि नगर प्रमुख जैसवालले चार कोठे पक्की भवनको शिलान्यास गर्नु भएको छ ।

मधेश प्रदेश सरकारको समाजिक मन्त्रालयको कोषबाट २५ लाखको लागतमा एक तले ४ कोठे अत्याधुनिक भवन निर्माण गरिने मेयर जैसवाल बताउनु भयो । शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै मेयर जैसवालले भने कि शिक्षा अति नै आवश्यक रहेको बताउदैँ शिक्षामा सबभन्दा बढि ध्यान दिन अति जरुरी रहेको बताए । यसै चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी भवन निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ ।

विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई पठनपाठन गराउन निकै कठिनाइ हुँदै आएकोले भवनको अभावमा कुनै पनि विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस भन्ने उद्देश्यका साथ आफु विद्यालय भवन निर्माणका लागि शिलान्यास गरेको मेयर जैसवालले बताए ।

शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन निर्माण प्रकृया अगाडि बढाएको समेत उनले बताए ।नगरका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने मेयर जैसवालले बताए ।

नगरपालिकाको मेयरका रुपमा आफूले सपथ ग्रहण गरेको २३ दिन मात्र भएको बताउँदै जैसवालले छिट्टै शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुलाई पनि आफूले समाधान गर्ने बताए । अहिले प्राथमिक रहेको बिधालयलाई माध्यमिक बिधालय हेर्न चाहन्छु र साथै सकेसम्म सहयोग गर्ने आश्वसन दिएका थिए । अग्रीम पढाई राम्रो होस र यहाँका बिधार्थी अन्नत ठाउँमा टाढा गई पढन नपरोस भनि यसै बिधालयलाई राम्रोसंग अगाडी बढाई यहि बिधालयमा गुणस्तर शिक्षा दिन निर्देशन समेत दिए ।

शिलान्यस कार्यक्रम पछि नगर प्रमुख जैसावलले सोहि बिधालयको चेकजाँच समेत गरेका थिए । चेकजाँच गर्दा बिधालयको अवस्था निकै नै जिर्ण रहेको पाईएको थियो ।बिधालयमा उपस्थित रहेका बिधार्थीहरुसंग पनि कस्तो किसिमको पढाई लेखाई भईरहेको छ भने बिधार्थीहरुसंग समान्य कुराहरु सोधपुछ गरेका थिए ।सोध पुछ गर्दा बिधार्थीले रहेको कक्षा अनुसारको सोधेको प्रश्नको उतर समेत दिएको थिएन ।बिधालयका प्राधानाध्यापक राम सुधार प्रसाद यादबलाई पढाईको साथ साथै सरसफाईमा ध्यान दिई बिधालय संन्चालन गर्न निर्देशन समेत दिएका थिए ।

त्यसतै सोहि वार्डको वडाअध्यक्ष राम बिनोद जैसवालले प्रदेश सरकारको समाजिक मन्त्रालयबाट आएको २५ लाख रुपैँयाको लागतमा चार कोठे भवनको निर्माण हुने हुँदा नगरबासिको लागी खुसिको खबर रहेको बताए । शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु प्रसाद यादब ,रबिन्द्र प्रसाद यादब ,बिजय साह ,सुरक्षाकर्मि लगायत स्थानिय भद्रभलादमि मानिसहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!