रौतहट जिल्लाको कटहरिया नगरपालिकाको छैटो नगरसभा बजेट अधिवेशन सम्पन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

असार । १० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको छैटो नगरसभा बजेट अधिवेशन सम्पन भएको छ ।जिल्लाको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार नगरपालिकाको छैटो नगरसभामा नगरप्रमुख अजय प्रकाश जैसवालले ३६ करोड ८९ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा सशर्ततर्फ ११ करोड ५८ लाख ७० हजार रुपैयाँ ,संघिय राजस्व बाँडफाँडको अनुदानबाट ९ करोड ७२ लाख ३० हजार ,प्रदेश सरकारको बितिय समानिकरण ९१ लाख ६२ हजार र प्रदेश सरकारको शशर्त अनुदानबाट ३० लाख निति तथा कार्यक्रम तथा बजेट बिनियोजन नगर प्रमुख जैसवालले गर्नु भएको छ ।

नगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रहेको छ । नगर प्रमुख जैसवालले कार्यक्रमको बजेट प्रस्तुत गर्दै नगरपालिकाको चौतर्फी बिकास हुने गरि शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।

नगर प्रमुख जैसावलले कार्यालयमा का मगर्ने कर्मचारीहरुको प्रोत्साहन स्वरुप पाईरहेको तलबमा रुपैँया दिने बताएका थिए । बाल बिकास शिक्षकहरु ,खरिदार ,लेखापाल र पियनलाई दिईरहेको तलबमा प्रोत्साहन स्वरुप मासिक रु २ हजार रुपैँया दिने बताएका छन ।नगर प्रमुखले बजेट प्रस्तुत गर्दै नगरमा शिक्षा समबन्धि बिशेष जोड दिएका छन ।

नगर प्रमुख जैसवालले नगर भित्रका सम्पुर्ण बिधालको रङ्गरोगनलाई एकरुपता ल्याउन मर्मत ,सम्भार तथा रगंरोगनको लागी आवश्यक रकम छुटष्याउने बताउनु भयो ।बिधालयको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई बिधालय जाने बातावरण बनाउन बालमैत्री शिक्षामा जोड दिने बताए ।

कटहरियामा प्राबिधिक शिक्षालय निर्माणमा पनि जोड दिएका थिए ।नगरलाई साक्षर बनाउन साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने र नगरका सम्पुर्ण मानिसलाई शिक्षित बनाउने पनि योजना रहेको मेयर जैसवालले बताउनु भयो ।बिधार्थीहरुको पठनपाठनमा सहज होस भनि कटहरियामा ई–लाईब्रेरी सहितको् आधुनिक पुस्तकालय निर्माणमा पहल गर्ने बताए ।त्यस गरि नगर प्रमुखले सो बजेट प्रस्तुत कार्यक्रम स्वास्थ्य सम्बन्धि नगरमा १५ सैँयाको अस्पताल भवन यहि बर्षमा निर्माण गरि सेवा दिने लक्ष्य रहेको पनि बताए ।

नगर प्रमुख जैसवालले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वाडहरुमा ब्यबस्थित स्वास्थ्य चौकी भवन निर्माणको कार्यलाई बिस्तार गर्ने बताउनु भयो । गर्भबति महिलाहरुको लागी सुरक्षित प्रसुति गराउन सेवाग्राही महिलालाई निजको घरबाट नगरपालिका क्षेत्रभित्रका अस्पतालमा पुरयाउन र अस्पतालबाट घर समम पुरयाउन निशुल्क एम्बुलेन्स सेवा उपल्बध गराउने नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भयो ।

सोहि कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनु भएको नेपाली काग्रेसको जिल्ला सभापति सुनिल कुमार यादबले नगरको बिकासको लागी कुनै कसर बाँकी नराख्न प्रतिबद्धता पनि जनाउनु भयो ।सभापति यादबले नव निर्वाचित जनप्रतिनिधिलाई नगरका कुनै पनि मानिसहरुको दुख पिडालाई आफ्नो दुख पिडा बुझि समस्याको समाधान गर्न आग्रह समेत गर्नुभयो । नगरमा बिभिन्न किसिमको रोगहरुले मानिसहरु ग्रसित रहेका छन यो सबको कारण धुँवाधुलो रहेको छ ।सभापति यादबले धुवाधुलो मुक्त बनाउन नगरका प्रत्यके घरमा नेपाल सरकारले लागु गरेको ईन्डेस्क चुलो बितरण गर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रमलाई नगर उप–प्रमुख रिता यादबले स्वागत मन्तब्य राखेका थिए । साे कार्यक्रममा सहभागि हुनेमा कटहरिया नगरपालिकाकाे नेपालि काग्रेसकाे सभापति शम्भुकान्त प्रसाद यादव,समाज सेवि युवानेता जवाहर लाल यादव ,उधाेगपति ओमप्रकाश जयसवाल, सम्पुर्ण वडाकाे वडाअध्यक्ष तथा स्थानियवासी लगायत पत्रकारहरूकाे सहभगिता रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!