बौधीमाई नगरपालिकाले छैठौं नगरसभा सभा बाट ३९ करोड भन्दा बढीको बजेट प्रस्तुत

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, १० असार ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको छैठौं नगरसभा तथा दोस्रो कार्यकालको पहिलो नगरसभा आज शुक्रबारका दिन सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम श्री सित पार्टी पैलेशको सभा हालमा आयोजना गरिएको थियो । बौधीमाईको छैठौं नगरसभाले ३९ करोड ८४ लाख ८९ हजारको कुल बजेट कार्य नीति प्रस्तुत गरेको छ ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । नगर सभाका सभाअध्यक्ष तथा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवले वृन्दावन नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को लागि ३९ करोड ८४ लाख ८९ हजार रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख प्रदीप कुमार यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

प्रस्तुत बजेट मध्ये आय तर्फ संघ राजश्व बा‘डफांड वित्तिय सामानिकरण ९ करोड २ लाख २७ हजार,संघ समानिकरण अनुदान ११ करोड ९६ लाख,संघ सर्शत अनुदान (चालु) १२ करोड १४ लाख,संघ सशत अनुदान (पुंजीगत) २ करोड ११ लाख,प्रदेश राजश्व बा‘डफांड ४६ लाख ७७ हजार,प्रदेश समानिकरण अनुदान ८४ लाख ८५ हजार,प्रदेश विषेश अनुदान (पुंजीगत) ३० लाख,प्रदेश समपुरक अनुदान (पुंजीगत) २० लाख,सडक बोर्ड ३० लाख,आन्तरीक आय (घर जग्गा रजिष्ट्रेशन शूल्क तथा अन्य आय समेत) २ करोर ५० लाख बजेट रकम रहेको बजेट प्रस्तुत गरिएको छ ।

त्यसगरी प्रस्तुत बजेट मध्ये व्यय तर्फ श्रोत अनुमान तथा सिमा निधारण समितिले निर्धारण गरेको क्षेत्र अनुसार उपरोक्त नीति, बजेट तथा कार्यक्रममा समावेश भएका क्षेत्रहरुलाई लक्षित गरि बन्द सत्रबाट पारित हुने गरी देहाय बमोजिमका क्षेत्रहरुमा बजेट विनियोजन गरिनेछ । तपसिल अनुसार आर्थिक विकास कुल पुंजीगत बजेटको ४ प्रतिशत,सामाजिक विकास कुल पुंजीगत बजेटको १४ प्रतिशत,पूर्वाधार विकास कुल पुंजीगत बजेटको ७५ प्रतिशत,वातावरण तथा विपद् व्यवस्थापन कुल पुंजीगतको २ प्रतिशत,संस्थागत विकास तथा सेवा प्रवाह कुल पुंजीगत बजेटको ५ प्रतिशतको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभाको सभा अध्यक्षता नगर प्रमुख प्रदीप कुमार यादवले गर्नुभएको थियो भने सभामा स्वागत मन्तव्य नगर उपप्रमुख प्रमिला देवी जयसवालले गरेकिथिइन् । त्यसैगरी कार्यक्रमको प्रमुख अथितिको रुपमा मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव, नेकपा एसका जिल्ला अध्यक्ष कपिलदेव पटेल, नेपाली कांग्रेसका जिल्ला उप सभापति रामलोचन जैसवाल, युवा नेता कनिष् पटेल, नि. प्रमुख प्रसासकिय अधिकृत, लेख प्रमुख अरविन्द यादव लगाएत कार्यक्रममा नगरभरीको विभिन्न दलका राजनीतिककर्मी,स्वास्थ कर्मी,शिक्षक–शिक्षिका,जेष्ठ नागरिक बुधिजिवि,भद्र भलादमी र पत्रकार,प्रशासन लगायत स्थानीय जनसमुदायको समेत सहभागीता रहेको थियोे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!