सस्तो लाेकप्रियता कमाउन विधार्थीहरूकाे भविष्य सँग खेलवाड गर्दै गरूडा नगरपालिका

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,२९ गते असार
स्थानिय सराकार आए देखि जनताले धेरै आशा र अपेक्षा राखेका थिए । तर त्यो आशा निराशामा परिणत हुदै गएको छ । रौतहटमा केहि स्थानिय सरकारले आफनो मनलाग्दी गर्न थालेका छन् । सस्तो लोकप्रियता कमाउने नाममा विधार्थीहरुको भविष्य माथि नै खेलवाड गर्न सुरु गरेका छन् ।

बिधार्थीहरूको हातमा पाठ्यपुस्तक नभएको अवस्थामा जिल्लाको गरुडा नगरपालिकाले पहिलो त्रैमासिक परिक्षा लिइरहेको छ । बिना कुनै योजनाले नै बिधालयहरूमा पहिलो त्रैमासिक परीक्षा गरूडा नगरपालिकाले गराईरहेको देखिन्छ ।

बिधार्थीहरू प्रश्न पत्र र पाठ्यपुस्तक बिनानै परीक्षा दिन बाध्य भएका छन् । बिधार्थीले आफनो घर बाट ल्याएको कपिले परीक्षा दिन बाध्य भएको देखिन्छ । करोडौंको खर्च हुने नगरपालिकामा बिधार्थीहरूको लागि कपि किन्न र प्रश्नपत्र छपाइ गर्न रकम छैन् ।
यस्तो परीक्षा प्रणालीले गर्दा शिक्षाको गुणस्तर झन खस्किदै जाने स्थानीय शिक्षाप्रेमी बुद्धिजीवीहरूको ठम्याइ रहेको छ । अर्काे तिर शिक्षा शाखा बाट शिक्षा सम्बन्धि उचित सर सल्लाह दिनु पर्ने ठाउँमा के कति कारणले बिना कुनै प्लानिङ्गको परीक्षा लिईरहेका छन् । यो एकदम जिज्ञाशाको विषय बनेको छ ।

यसले विधार्थीहरूको भविष्य सरासर अन्ध्यारो तिर गईरहेको देखिन्छ ।
जिम्मेवार शिक्षा शाखाले उचित बाटो देखाउनु पर्ने हो । तर त्यस्तो नभएको देखिन्छ । एक महिना पनि पढाइ भएको छैन् जाँच लिन सुरु गरिएको छ । यस्तो परिक्षा हेर्दा अठारौं शताब्दीतिरको परीक्षाको जस्तो झझल्को देखिन्छ ।

यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंह सँग सोध्दा गरुडा नगरपालिकाले पहिलो त्रैमासिक परिक्षाको बारेमा कुनै सल्लाह नगरेको प्रष्ट पारे । गरुडा बाहेक जिल्लाको कुनै पनि पालिकाले जाँच नलिरहेको जानकारी गराए । परिक्षा सञ्चालनको खर्च एकमुष्ट आउने गरेको र बाँकी पालीकाले व्यहोर्ने गरेको बताए ।

यता यस विषयमा शिक्षा संयोजक मौजेलाल यादव सँग सोध्दा नगरप्रमुख कन्थमनी जयसवालको निर्देशन अनुसार नगर भरिको सामुदायिक विधालयहरुमा पहिलो त्रैमासिक परिक्षा चलिरहेको बताए । विधार्थीहरुलाइ प्रश्न बोर्डमा लेखेर र उतरपुस्तिका बिधार्थीहरुले आफै व्यवस्था गरेर जाँच दिइरहेको स्विकार गरे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!