धनुषाबाट नगद लुटी फरार भएका मानिस पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १ स्थित मिल्स एरियामा जिल्ला धनुषा सवैला नगरपालिका वडा नं. ४ पटेर्वा घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगर पालिका वडा नं. १ मा बस्ने देव शरण यादवको श्रीमती बर्ष २८ की शर्मिला देवी यादवले बैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहेका आफ्नो श्रीमान देव शरण यादवले पठाई दिएको रकम नेपाली रु २,००,०००।– (रु दुई लाख) ऐ.ऐ. स्थित मिल्स एरियामा रहेको एभरेष्ट बैंक मार्फत भुक्तानी लिई उक्त नगद र आफ्नो मोबाईल समेत प्लाष्टीकको झोलामा राखि हातमा बोकी आफ्नो घर तर्फ फर्कने क्रममा पछाडीबाट मोटरसाईकलमा आएका दुई जना अपरिचित व्यक्तिहरुले लुटी खोसी भागी फरार भएको भन्ने सूचना प्राप्त भएको ।

अनुसन्धानबाट खुलेका कुराहरू तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उक्त घटना सम्बन्धमा विभिन्न माध्यमद्धारा अनुसन्धान गर्दै जाँदा उक्त नगद लुटी फरार भएका दुईजना ब्यक्तिहरु प्रदेश २-०२-००५-प ००८५ नम्बरको YAMAHA कम्पनीको FZ मोटरसाईकल लिई आएको, मो.सा. चालकले रातो सर्ट, सेतो रंगको जस्तो देखिने पाईन्ट र चप्पल लगाएको र मो.सां मा पछाडी सवार व्यक्तिले कालो रंगको भेष्ट, कालो रंगको पाईन्ट र सेतो रंगको जुत्ता लगाएको, निजहरूले नै शर्मिला देवी यादवको हातबाट नगद र मोवाईल समेतको पलास्टिकको झोला लुटी खोसी लगेको खुल्न आएको ।

उक्त प्रदेश २-०२-००५-प ००८५ नम्बरको YAMAHA कम्पनीको FZ मोटरसाईकलको बारेमा बुझ्दै जाँदा उक्त मोटरसाईकल जिल्ला धनुषा लक्ष्मीनिया गा.पा. वडा नं. ७ बस्ने राम प्रसाद साहको छोरा कृष्ण प्रसाद साहको नाउँमा रहेको भन्ने खुल्न आएको ।उक्त मो.सा. खोजतलास गर्दै जाने क्रममा सो मोटरसाईकल निज कृष्ण प्रसाद साहको घरमा फेला परेकोमा निज कृष्ण प्रसाद साहको घर खानतलासी गर्दा निजको घर भित्र रहेको सुत्ने कोठामा रहेको पलङको टाउको तर्फ रहेको घर्रा (बक्स) मा शर्मिला देवी यादवको हातबाट लुटी लगेको नगद र मोबाईल मध्य निज निवेदिकाको मोबाईल र नगद रु ५४०००।– फेला पारिएको ।

सोही घरमा लुकी छिपी बसेको अबस्थामा वारदातमा संलग्न मो.सा. चालकको हुलिया जस्तै भएका निज कृष्ण प्रसाद साहको भाई बर्ष २० का जितेन्द्र प्रसाद साहलाई फेला पारीएको ।
निज जितेन्द्र प्रसाद साहलाई घटना वारदात सम्बन्धमा सोधपुछ गर्दा वारदातमा मैले मोटरसाईकल चलाएको र मेरो मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा लक्ष्मीनिया गा.पा. वडा नं. ७ भगवतीपुर टोल वस्ने अं. वर्ष २१ को दिपेन्द्र मण्डलले उक्त वारदात मिति र समयमा निवेदिकाले हातमा बोकेको नगद रु २ लाख र निजको मोबाईल राखेको झोला समेत खोसी लगेको र उक्त नगद हामी दुईले बाँडफाँड गरी लिएको भन्ने बताएको ।
६) निज जितेन्द्र प्रसाद साहलाई साथमा लिई दिपेन्द्र मण्डललाई खोजतलास गर्दै जाँदा निजलाई आफ्नै घरमा लुकी छिपी बसीरहेको अबस्थामा फेला पारी निजको घर तलासी लिँदा निजको घरबाट निवेदिकाको लुटिएको रकम मध्य रु ७८०००।– समेत फेला पारिएको ।

निज जितेन्द्र प्रसाद साह र दिपेन्द्र मण्डललाई नियनत्रणमा लिई उक्त घटनामा प्रयोग भएको प्रदेश २-०२-००५-प ००८५ नम्बरको YAMAHA कम्पनीको FZ मोटरसाईकल तथा फेला परेको नगद समेत बरामद गरि अनुसन्धानको लागि यस कार्यालयमा ल्याईएको । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको । स्रोत अभिजित दास

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!