रौतहटमा चट्याङ लागेर एउटै गाउँ को तीन महिलाको मृत्यु

पछिल्लाे समाचार


रौतहट १४ भदौ।

रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तिनजना महिलाको ज्यान गएको छ ।जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तिनजनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि,७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरूण कुमार सिंहले बताएका छन ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन ।चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ सोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!