मेयर अजय प्रकाशले अलपत्र परेका योजनाहरुको काम तत्काल सुचारु गर्न दिए निर्देशन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

भाद्र १७ गते, रौतहट ।

रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आश्रय कन्ट्रक्सनको बदमासी एवं चरम लापरवाहीका कारण कटहरिया नगरपालिकामा विभिन्न किसिमका विकास निर्माण कार्य वर्षैदेखी अलपत्र परेको बताएका छन ।

आश्रय कन्ट्रक्सनले तिन वर्षअघि कटहरिया नगरपालिका भरीमा नाला निर्माण, छेदीचौकमा कोल्ड स्टोर निर्माण र वडा नं ५ कटहरियामा नगरपालिका भवन निर्माण गर्ने ठेक्का लिएपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसक्दा करोडौंको विकास निर्माण कार्य अलपत्र परेको मेयर जयसवालले बताएका छन ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आज नगरपालिका कार्यालय कटहरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै आश्रय कन्ट्रक्सन र साह निर्माण सेवा तथा चौधरी कन्ट्रक्सन लगाएत विभिन्न निर्माण सेवाको बदमासीको कारण करोडौं करोडौंको विकासको काम अलपत्र पर्नु दुखद भएको बताएका छन् ।

चौधरी कन्ट्रक्सनका सञ्चालक ठेकेदार उपेन्द्र चौधरीले कटहरिया स्वाथ्य चौकीको भवन निर्माण गर्ने जिम्मा पाएको सात महिना जति भएपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसकेको मेयर जयसवालले बताए ।

स्वाथ्य चौकी भवन निर्माण गर्ने जिम्मा पाएका ठेकेदार चौधरीले गत पुसमा नै नगरपालिकासँग समभौता गरेको भएपनि अहिलेसम्म काम अगाडि बढाउन नसकेको उनले बताए ।आश्रय कन्ट्रक्सनले कटहरिया बजारको भवनहरु पनि निर्माण गर्ने जिम्मा पाएको करिव दुई वर्षभन्दा बढी दिनभएपनि अहिलेसम्म भवनको कुर्सी निर्माण गर्ने बाहेक अरु केही गर्न नसकेको समेत उनले बताए ।
आश्रय कन्ट्रक्सनले नगरपालिकामा ढल निकासको जिम्मा पाएको र साह निर्माण सेवाले झाँझपुल कटहरिया सडकखण्डको विभिन्न ठाउँमा निर्माण गराएको कालोपत्रे भत्केको भएपनि पुन मर्मत सम्भार गर्न कुनै चासो नलिएको उनले बताए ।नगरपालिका भरीमा विभिन्न ठेकेदार र निर्माण कम्पनीले विभिन्न किसिमका विकास निर्माण कार्य गर्ने जिम्मा पाएपनि जिम्मा पाएको वर्षौ वितेपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसक्नु ठुलो विडम्बना भएको उनले बताए ।

ठेक्केदार र निर्माण कम्पनीका कारण कराडौंको विकासका कार्य अलपत्र परेका कारण नगरपालिकामा विकास निर्माणको कार्य गति लिन नसकेको उनले बताए ।विकास निर्माण कार्य गर्ने ठेक्का लिएका ठेक्केदार र निर्माण कम्पनीलाई यथासिघ्र निर्माण कार्य अगाडि बढाउन मेयर जयसवालले निर्देशन दिएका छन ।

समयमा काम सुचारु गर्न ठेक्केदार र निर्माण कम्पनीलाई आफुले पटक पटक ताकेदा गर्दा पनि उनिहरुले कुनै सुनुवाई नगरेको बताउँदै मेयर जयसवालले अबको केही दिन भित्रमा काम सुचारु
नगरे कडा कार्यवाही गर्ने चेतावनी दिएका हुन् ।
अब पनि समयमा काम नगर्ने ठेक्केदार र निर्माण कम्पनीलाई कार्यवाहीको दायरामा ल्याएर छाडने उनले उदघोष गरे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!