रुपन्देही सशस्त्र प्रहरी बल नेपाल ले १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ ।

भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो । बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले हुलाकी मार्ग लुम्बिनीबाट ना ४ ख ४१२९ नम्बरको ट्रकसहित अवैध ६ सय ३८ बोरा चिनी बरामद गरेको छ ।

चिनी अवैध रूपमा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा विजकसमेत जारी नभएको ती वस्तुसहित प्युठान माण्डबी गाउँपालिका–३, नयाँ गाउँका २४ वर्षीया विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ । थापा ट्रकका चालक रहेका छन् । यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रकाश सिग्देलको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा ना ३ ख ६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद गरेको छ ।

सशस्त्रको टोली चेकजाचमा पुग्दा चालक फरार भएपछि ट्रक सहित चामल नियन्त्रणमा लिएको हो । बरामद दुई वटा ट्रक, चिनी र चामल गरी अन्दाजी एक करोड ३८ हजार पाँच सय मुल्य बराबरको रहेको सूचना अधिकारी सिग्देलले जानकारी दिए । नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल र चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको छ ।

यसैगरी जल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न स्थानबाट २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिकअप र मोटरसाइकल सहितको सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!