नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

ओम प्रकाश यादव,राैतहट,असोज ५ गते
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी संविधानको ठाडो उलंघन गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले जिल्लाको मध्य भाग गरुडामा बुधवार साँझ उनको पुत्ला जलाएका छन् ।

राष्ट्रपति भण्डारीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध जसपाका नेता कार्यकर्ताहरु गरुडामा विरोध प्रदर्शन गर्द
नारावाजी समेत गरेका छन् ।

प्रदर्शनमा संविधान उलंघन गर्ने राष्ट्रपति भण्डारी पदबाट राजिनामा गर, राष्ट्रपतिले संविधानलाई मिच्न पाइदैन जस्ता नारावासी गरिएको थियो । प्रदर्शनपछि गरुडाको मेथुर चौधरी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपाल रौतहटका सह–संयोजक राजकुमार दासले सदनबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु संविधानको उल्लघंन तथा संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको बताएका छन् ।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी संविधान र सदनलाई मज्जाक बनाएको कारण उनको असंवैधानिक कदमको विरुद्ध आफुहरु विरोध प्रदर्शन गर्दै उनको पुत्ला जलाएको नेता दासले बताए । सोही कार्यक्रममा बोल्दै जसपाका नेता संजीव यादवले राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने अधिकार नरहेको बताएका छन् ।

संवैधानिक व्यवस्था अनुसार सदनबाट दोश्रो पटक पारित नागरिकता विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिलाई भएपनि उनले सो विधेयक प्रमाणीकरण नगर्नु लोकतन्त्रमाथीको प्रहार भएको नेता यादवले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको उनले बताए ।
कार्यक्रममा जसपाका जिल्ला संयोजक रामअसिश यादव, नेता कौशरखान मिथला, कमलेश यादव, उपेन्द्र यादव, दिनेश यादव लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!