बाराको गौरीशङ्कर माध्यमिक विद्यालय कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

कृष्ण तिवारी ,२०७९ असोज ५ गते
बारा । बाराको गौरीशङ्कर माध्यमिक विद्यालय निजगढ सामुदायिक विद्यालय कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले बारामा गरेको कार्यसम्पादन परिक्षणमा गौरीशङ्कर माध्यमिक विद्यालय निजगढ ७९.५७ अङ्क ल्याई पहिलो , नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमरा ७१.७१ अङ्क ल्याई दोस्रो र गौरीशंकर माध्यमिक विद्यालय सड्क टोल ७१.१५ अङ्क ल्याइ तेस्रो भएका छन् ।

विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत विद्यालयहरूको अध्ययन गरेको थियो । देशभरि ४ हजार ८ सय ६७ सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजार वटा सामान्य र ७१ ओटा कमजोर विद्यालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बारा जिल्ला भरिमा ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका हुन् ।

बारा जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा विद्यालयको भौतिक संरचना, समुदायको सहभागिता, शिक्षण सिकाई प्रक्रिया, शैक्षिक उपलब्धि, नेतृत्व व्यवस्थापन लगायत क्षेत्रको मूल्याङ्कन गरेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!