रौतहटको कटहरियामा लोसपाका वडा प्रत्यासी पंण्डित एमालेमा प्रवेश

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट,०६ गते असोज

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कटहरियाको एक जना वडा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
आज लोसपाका चर्चित नेता समेतका रहेका वडा अध्यक्षका उम्मेदवार भिखारी पंण्डित एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले कटहरिया नगर कमिटीको आयोजनामा पार्टी प्रवेश एवम् भेटघाट कार्यक्रम आयोजन गरिएको थियो । पंण्डित वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट उम्मेदवारी दिएका थिए ।

उनी कटहरिया–८ पिप्रा पोखरिया,बलुआका वडाध्यक्षका उम्मेदवार थिए । बिहिवार एक कार्यक्रमबीच एमाले प्रभावशाली नेता एवम् स्थायी कमिटी सदस्य प्रभु साहले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

बलुआमा भएको पार्टी प्रवेश कार्यक्रम सयौंको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो । बलुआमा आयोजित कार्यक्रममा पंण्डित सहित सयौंको संख्यामा नेता कार्यकर्ताले लोसपा र अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । उनीसँगै पूर्व वार्ड सदस्य सोनेलाल यादव, जसपा जिल्ला सदस्य बैजु यादव ,नेपाली काङ्ग्रेसका रामबिलास यादव ,मेघनाथ पासवान पनि एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी साहले नव प्रवेशीहरू लाई हार्दिक बधाई तथा राजनीतिक उज्जवल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।

नवप्रवेशी वडा प्रत्यासी पंण्डितले एमाले नै सशक्त भएकाले पार्टीमा प्रवेश गरेको उनको भनाइ छ । स्मरणीय होस् पंण्डितले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सो वडामा १९० मत प्राप्त गरेका थिए ।

सो अवसरमा देवाही गोनाहीका मेयर प्रेमलाल साह,मौलापुरका उपमेयर नागेन्द्र यादव,कटहरियाका पूर्व मेयर सियाराम कुशवाहा,एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह,फतुवा विजयपुरका मेयर प्रत्यासी बिजय यादव निर्बिज,कटहरिया वडा नमबर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!