राैतहट,१० गते असाेज
रौतहटको देवाही गोनाही नगरपालिकामा नगर स्तरिय अस्पतालको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना कुमारी साहले संयुक्त रुपमा नगर स्तरीय अस्पतालको शिलान्यास गर्नु भएको छ ।
साबिक गाबिस प्रेमपुर गोनाहीको वडा नं. ८ पोखर नजिकै उक्त अस्पतालको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रेमलाल साहले यस नगरपालिकामा नगर स्तरिय अस्पताल नहुदा यहाँका जनताहरुलाई राम्रो उपचार गराउन गौर गरुडा बिरंगज तथा अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको बताउदै नगरबासीको स्वास्थ्यलाई मध्य नजर गरिदै अब नगरपालिकाको नजिकै रहेको आठ कठ्ठा जग्गामा नगर स्तरीय अस्पताल बनाउन लागिएको बताउनु भयो ।
साबिक गाबिसले गाउँकै पोखरीको आम्दानीबाट खरिद गरिएको ८ कठ्ठा जग्गामा उक्त अस्पताल बिजया दशमीको पहिला दिन घटष्तापनको शुभसाइत हेरेर अस्पताल शिलान्यास गरिएको साहले बताउनु भयो ।
नगर प्रमुख साहले नगर स्तरीय अस्पताल भवन बन्नमा टाईम बढी लाग्ने भए पछि तत्कालका लागि हाईबे संग जोडिएको गोनाही बजारको पुर्वमा तिन तले भवन भडामा लियर नगर स्तरीय अस्पताल संचालन गराउन तिब्र तयारी भई रहेको बताए ।
साहले नगरपालिकाको नजिकैमा मुख्य सडक संग जोडिएको २० फिट बाटो भएको ८ कठ्ठा जग्गामा अस्पताल बन्नलागेको बताएका हुन ।
वहाले अन्य पालिकाको तुलनामा निकै पछाडी रहेको यस देवाही गोनाही नगरपालिकामा एउटा नया मोडलको रुपमा बिकास गर्ने अभियानमा लागेको बताउनु भयो ।
शिलान्यास कार्यक्रममा देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक राजिब साह,प्रशासन प्रमुख राजदेव राम,वडा नं.७ का वडा अध्यक्ष उपेन्द्र राय यादव,वडा नं.९ का अध्यक्ष वीर बहनदुर साह,
वडा नं.५ का उपेन्द्र साह कानु, वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष अनिल झा, वडा नं.७ का निवर्तमान वडा अध्यक्ष जगरनाथ राय यादव, एमालेका जिल्ला कमिटी सदस्य राजेश साह,
नेपाली कांग्रेसका नगर क्षेत्रीय सभापति अर्जुन कुमार यादव,जसपाका नेता वीर बहादु राय यादव विभिन्न पार्टीका प्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगाएत करिब सयौंको संख्यामा स्थानीयहरुको उपस्थित रहेको थियो ।

