रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलामाथी वर्षौदेखी यौन शोषण हुँदै

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,असोज १५ गते,

रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलामाथी वर्षौदेखी यौन शोषण हुँदै आएको छ ।

फतुवा विजयपुर नगरपालिका २ सितलपुरका धर्मेन्द्र यादवले सोही ठाउँकी एक विवाहित महिलालाई पटक पटक बलात्कारको प्रयास गर्दै आएको घटना बाहिर आएको छ ।

यादवले करिव एक वर्षदेखी आफुसँग शारीरिक सम्पर्क राख्न प्रस्ताव गर्दै आएको पिडित महिलाले बताएकी छन् । महिलाको श्रीमान बैदेशिक रोजगारको क्रममा विदेशमा छन । सोही मौका छोपेर यादवले आफुमाथी पटक पटक बलजबरजस्ती करणी गर्ने प्रयास गर्दै आएको पिडित महिलाको आरोप छ । एक वर्षअघि यादवले ति महिलालाई जबरजस्ती करणी गरेका थिए ।

गाउँका साहु महजान कहलाउने यादवले पावर र पहुँचको आडमा ति महिलालाई करणी गरेका थिए । त्यसपछि पिडित महिलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै यादवमाथी जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन प्रहरीमा गएको थियो तर प्रहरीले करणीको मुद्दा दर्ता नगरी सार्वजनिक अपराधको मुद्दा दर्ता गरी कार्यवाही प्रक्रिया अगाडि बढाएको थियो ।

महिलाले दिएको जोहरीको आधारमा यादव पक्राउ परेका थिए । पिडित महिलाले दिएको जानकारी अनुसार यादव पक्राउ परेको केहि दिनमै जिल्ला अदालतले उनलाई कार्यवाही गर्नुको सट्टा पावर र पहुचको बलमा धरौटीमा छाड्ेको थिए ।

धरौटीमा छुटेपछि उनले फेरी आफुसँग शारीरक सम्पर्क राख्न पटक पटक प्रस्ताव गर्ने गरेको महिलाको भनाई छ । यादवले आफुसँग शारीरिक सम्पर्क नराखे कुटपिट गर्ने, ज्यानै लिने जस्ता धाक, धम्की र डर, त्रास देखाउने गरेको पिडित महिलाले बताइन ।
यादवको यस्ता किसिमको डर, त्रास र धम्कीले आफु त्रसित भएको र घर बाहिर निस्कनै मुस्किल भएको उनको भनाई छ ।

यौन प्रस्ताव गर्ने यादवले मौका पाए आफुलाई जतिखेर नि बलात्कार गर्न सक्ने र आफु अस्वीकार गर्दा ज्यानै लिन सक्ने अवस्था रहेकोले ति महिलाले न्यायको लागि गुहार मागेकी छन् ।
आफु अन्यायमा पर्दा न्यायको आश गरेर प्रहरी कहाँ जाँदा प्रहरीले पनि आफुलाई साथ नदिदा अब न्यायको लागि कहाँ जाउ भनी पिडित महिलाले सञ्चारकर्मी सँग दुखेसो गरिन ।

यादवको यस्ता हर्कतबाट आफु निकै पिडित हुनुको साथै विचलित भएको उनले बताइन । यादवको यस्ता हर्कतबाट आफुलाई छुटकारा र न्याय दिलाउन उनले प्रहरी प्रशासनलाई आग्रह गरेकी छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!