राैतहट,१७ गते असाेज
राैतहटकाे गरूडामा स्व.मनोज कुमार चौधरी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । बिजया दशमी २०७९ काे शुभ उपलक्ष्यमा साे दाैड प्रतियोगिता गरिएको थियाे ।
लायन्स युवा क्लब गरुडा नगरपालिका ४ द्वारा म्याराथन दौड प्रतियोगिता आयाेजन गरिएको थियाे । प्रतियोगिताकाे ११ आैं संस्करणकाे साेमबार सम्पन्न भएको हाे ।
म्याराथन दौड प्रतियोगितामा अजेश राम प्रथम,कविन्द्र शर्मा दाेस्राे,द्वारिका साह तेस्रो र ओकेन्द्र सहनीले चाैथाे स्थान हासिल गरेका थिए । प्रथम हुनेलाई हिरो साईकल दोस्रो हुनेलाई स्टैण्ड फैन, तेस्रो हुनेलाई सेलिङ्ग फैन र चाैथाे हुनेलाई वाईफाइ राउटर पुरस्कार स्वरूप प्रदान गरिएको क्लबका सल्लाहकार बिनाेद यादवले जानकारी गराउनु भएको हाे । म्याराथन दौड प्रतियोगिता पुरस्कारकाे प्रायोजन आरएस स्टाेरले गरेको थियाे ।
साे अवसरमा गरूडाका नगर उपप्रमुख पुनम कुमारी चौधरी,नगर प्रमुख प्रत्यासी बृजकिशोर यादब,साबिक गरुडा भु.पु. उपाध्यक्ष रामकृष्ण चौधरी,गरुडा खानेपानी अध्यक्ष पंकज कुमार जयसवाल,सुन चाँदी ब्यवसायी संघ मधेस प्रदेश अध्यक्ष रामजी साह,गरुडा ४ का वडाध्यक्ष सुनिल कुमार जयसवाल, ई.प्र.का. गरुडाका डिएसपी बरुण बहादुर सिंह क्लवका सम्पूर्ण पदाधिकारीहरु लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियाे ।