राैतहटकाे देवाही गाेनाहीमा एमबिबिएस सहितकाे नगर अस्पताल शुभारम्भ गरिएको छ । साे नगरपालिकाले आज देखि नगर अस्पताल शुभारम्भ गरेको छ । वडा नम्बर ८ स्थित देवाही बजारमा देवाही गाेनाही नगर अस्पतालकाे शुभारम्भ गरिएको छ ।
नेकपा एमालेका प्रभावशाली नेता एवम् स्थायी कमिटी सदस्य प्रभु साहले आज शुभारम्भ गर्नु भएको छ ।
देवाही गाेनाही नगरपालिका प्रेमपुर गाेनाहीले आफनै आयाेजनामा साे कार्यक्रम गरेको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख परनिया देवी पटेलले राख्नु भएको थियाे भने कार्यक्रमकाे अध्यक्षता नगर प्रमुख प्रेमलाल साहले गर्नु भएको थियाे ।
अस्पतालकाे शुभारम्भ गर्दै नगरप्रमुख प्रेमलाल साहले ग्रामीण क्षेत्रलाई लक्ष्ति नगर अस्पतालकाे सेवा शुभारम्भ गरेकाे बताए । नगरवासीकाे स्वास्थ्यलाई मध्यनजर गरि अस्पताल सञ्चालनमा ल्याईएकाे उनले बताए ।
१५ बेड क्षमताकाे अस्पताल सञ्चालन भएसँगै सबै सेवा सुविधा शुरू भएको छ । तत्काल भाडामै भवन लिएर सञ्चालनमा ल्याईएकाे छ । अस्पतालकाे भवन निर्माणकाे लागि नगरप्रमुख साहले यसअघि शिलान्यास गरि सक्नु भएको छ ।
अस्पताल स्थापना भएसंगै १५ शैया, प्रयोगशाला, फर्मेसी,भिडियाे एक्सरे लगायतका अन्य सेवा रहने छ ।
वर्षाैंदेखि देवाही गाेनाही नगरवासी एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा बाट बञ्चित थिए । उनीहरू कटहरिया,शिवनगर लगायकाे ठाउँमा गएर सुविधा लिन बाध्य थिए । बिगतकाे स्थानिय सरकारले पनि यस्ताे सुविधा दिन सकेन । नगरप्रमुख साहकाे याे कार्यकाे चाैतर्फी प्रशंसा गरिएको छ ।
साे अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा ,वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रवेश पटेल,वडा नम्बर १ का वडा अध्यक्ष सफिना खातुन,वडा नम्बर २ का वडा अध्यक्ष ईमामुल,वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष बिरबहादुर शाह,ईप्रका देवाहीका प्रहरी निरिक्षक गाेबिन्द साह,सशस्त्र बेश क्याम्प देवाहीका प्रहरी निरिक्षक कमल पन्त ,स्थानीय भद्र भलादमी ,जनप्रतिनिधि लगायत स्थानियहरूकाे सहभागिता रहेकाे थियाे ।