रौतहटको गरुडा नगरपालिका नगर प्रमुख जैसवालद्धारा प्रिमियर लिंग क्रिकेट सिजन १ उद्धघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

असोज ३०,रौतहट

रौतहट जिल्लाको गरुडामा मेयर कप प्रिमियर लिंग सिजन १ शनिबार देखि सुरु भएको छ ।जिल्लाको मध्यभागमा अवस्थित रहेको तथा ब्यापारी नगरि भनि चिनिने गरुडा नगरपालिकामा धुमधामसंग क्रिकेट खेल सुरु भएको छ ।

गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा शनिबारदेखि सुरु भएको छ ।जिल्लाको धरोहरको रुपमा रहेको श्रीराम सुगर मिल्स प्रा.लिको खाली रहेको मैदानमा शनिबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख जैसवालले फिता काटि मेयर कप प्रिमियर लिंग सिजन १ खेलको उद्धघाटन गर्नु भएको थियो ।

उद्धघाटन पश्चात नगर प्रमुख जैसवालले बैटिङ्ग तथा बोलिङ्ग वडाअध्यक्ष रामबाबु साहद्धारा गरिए पश्चात खेल सुरु भएका थिए ।नगर प्रमुख जैसवालले सम्बोधन गर्दै भने गरुडा नगरपालिकामा बिकास कार्यको सन्दर्भमा हामी एक छौ ।

यहाँ कुनै जात ,धर्म ,पार्टी लाई पक्षपात नगरि हामी एक ढिक्का भई विकास कार्यमा एक मत यस मंचबाट जनाएको उनले बताए ।नगरको विकास ‘स्वास्थ्य,शिक्षा’ मेरुदण्ड रहेको उद्रीद गर्दै भने स्वास्थ्य रहनको लागि शिक्षा र शिक्षित रहनको लागि स्वास्थ्य उतिकै आवश्यक हुनु पर्छ त्यसतै खेलकुद पनि त्यतिनै जरुरी रहेको उनले जानकारी गराए ।खेलले स्वास्थ्य साथै बिभिन्न रोगबाट पनि लडन थप मदत पुर्याउने बताउनु भयो ।

साथै देशमा अरु खेल मध्ये क्रिकेट एउटा चर्चित खेल समेत रहेको बताउनु भयो ।आज गरुडाका युवाहरुले आफ्नै ठाउँमा यस प्रकारका खेल खेलिरहेका हुँदा निकै नै खुसि लागेको बताउनु भयो ।नगर प्रमुख जैसवालले क्रिकेट खेलिरहेका खेलाडीहरुलाई आफ्नो ठाउँमा मात्र नभई देशबिदेशमा पुगी आफ्नो ठाउँको नाम चिनाउन आग्रह समेत गरेका थिए ।

सोहि उद्धघाटन खेलमा खेलिरहेका आयोजक टिम लगायत दुबै टिमलाई स्वच्छ ,सभ्य र शान्तिपुर्ण खेल खेल्न आग्रह समेत गर्नु भएका थिए ।खेल खेल्दा एक जनाको हार र अर्कोको जित अवश्य नै हुन्छ त्यस कारण मनोबल नघटाउन र जितको लागी प्रयासरत रहन आग्रह समेत गर्नु भएको थियो ।साथै आफ्नो नगरको युवा खेलाडीको मनोबल बढाउन र अगाडी बढि गाउँ र देशको प्रगति गराउनमा कुनै कसर बाँकी नराख्ने नगर प्रमुख जैसवालले प्रतिबद्धता समेत जनाउनु भयो ।

आजको उदघाटनको खेल गुजरा नगरपालिका क्रिकेट क्लव र एज ईक्वल क्रिकेट युथ क्लव गरुडा बिच खेल भएको थियो ।गुजरा नगरपालिका टिमको कप्तान र एज ईक्वल क्रिकेट टिम गरुडाको कप्तान बिच टच हुदा गरुडा टिम टच जितेर बैटिङ्ग गर्ने निर्णय गरेका थिए ।१० टिम सहभागी हुने मेयर कप सिजन १ प्रिमियर लिग कार्तिक १२ गते सम्म चल्ने आयोजक लेजेन्ड युथ क्लव अफ रौतहटले जनकारी गराएका छन ।

उद्धघाटन कार्यक्रममा गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादब,गरुडा नगरपालिकाको वार्ड नं.१ को वडाअध्यक्ष शेख वाहब ,वार्ड नं.३ को वडाअध्यक्ष अम्बिका सहनी ,वार्ड नं.५को वडाअध्यक्ष रामबाबु साह ,युवा नेता शैलेस जैसवाल ,गरुडा ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर रामराजा केसरी ,सशस्त्र प्रहरीको ईन्सपेक्टर ,बिभिन्न वार्डका वडा सदस्य लगायत हजारौँ दर्शकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन मधेश जन अवाज एफएमको समाचार प्रमुख तथा समाचार बाचक रमेश कुमार यादबले गर्नु भएको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!