ईशनाथ नगरपालिका अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा अवैध धन्दा फस्टाए

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट , असोज ३१

स्मिथ कुमार रजक
रौतहटको ईशनाथ नगरपालिकाअन्तरगत लतमरी मठिया जयनगर औरैया बन्जरहा र सानो घिउरा सिमानाका क्षेत्रमा प्रहरीकै सेटिङमा अवैध धन्दा फस्टाएको छ ।

कतिसम्म भने हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले समेत प्रहरीले सँग सेटिङ मिलाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी मठियाका प्रहरीले घुमुवाका रुपमा खटाएका छन् । कपडा र भैंसी तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको स्रोत बताउँछ ।

रौतहटको जिल्लाको ईशनाथ नाकाबाट अबैध कारोबार गर्ने कारोबारीहरु संग मोटो रकम लिएर घुमुवाले नै संरक्षण र स्कटिङ गर्ने गरेको एक जना स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन् ।

अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै कपडा ,कस्मेटिक, तयारी पोषाक, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयर, इलेक्ट्रोनिकका सामान र सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ ।

सानो घिउरा र रामनगर नाकाबाट कपडा र भैंसीको तस्करी तीब्र रुपले बढेको छ । सानो घिउरा र रामनगर, नाका हुँदै जयनगरको बाटो रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।

लतमरि र मटियाबाट एक/ दुई नामका तस्करका समुहसंग मोटो रकम बुझी पिकअप र मोटरसाईकल प्रयोग गरी रातभर चिनी चामल कपडा र जुत्ता चप्पलको तस्करी गर्न लाइन दिएका छन । बन्जरहा र औरैयाबाट एक अर्को तस्करले पनि हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको लाइन पाएको हो ।

यस्तै इशनाथका र विभिन्न नाकाबाट रातभरि मोटरसाईकलको माध्यमले चामल चिनी कपडा तस्करी गर्न तस्करका समुहले लाईन पाएका छन । ईशनाथ नाकाबाट फेरि अर्को तस्करीका समूह लगायतका कारोबारीहरुले मोटो रकम नजराना बुझाएर राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन्।ईशनाथ नाकाबाट नयाँ ग्रोपको समूहले कपडा तस्करिको ठुलो लाईन पाएका छ्न ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!